पछिल्लो २४ घण्टामा देशभर थप ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
९४४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जना तथा एन्टीजेन विधिबाट १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार थप १३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ पुगेको छ ।सक्रिय सङ्क्रमितमध्ये आइसोलेसनमा ८ जना, आईसीयूमा १ जना तथा भेन्टिलेटरमा १ जना उपचाररत छन् ।
नेपालमा हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट १२ हजार ३१ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







