कास्की कारागारमा मनायो रोट्रयाक्ट फिस्टेलले १७ औं स्थापना दिवस


     एभरेस्ट आवाज    
     असार १५ गते २०८० मा प्रकाशित




पोखरा । विश्वकै पहिलो महिलामात्रै सदस्य रहेको रोट्याक्ट क्लव अफ पोखरा फिस्टेलले आफ्नो १७ औं स्थापना दिवस मनाएको छ । २००७ जुन २९ मा स्थापना भएको क्लबले कास्की कारागारमा रहेका ५० बढी महिला कैदीबन्दीहरुलाइ स्यानिटरी प्याड हस्तान्तरण गरि आफ्नो १७ औ स्थापना दिवस मनाएको हो ।

आफ्नो कार्यकालको अन्तिम कार्यक्रमको रुपमा रोटा वर्ष २२÷२३ कि अध्यक्ष डिम्पल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कारागार प्रमुख भिमराज घिमिरे, सई सुशिल घिमिरे ,नाइके साथै क्लवका सदस्यहरु कुनै उपस्थिति रहेको थियो।

कारागार प्रमुख भिमराज घिमिरेले एउटा महिलामैत्री क्लवले जेलभित्र रहनुभएका दिदीबहिनीहरूको समस्या बुझेर सहयोग गरेकोमा खुसी व्यक्त गरे ।

उक्त कार्यक्रम पश्चात क्लबले आफ्नो ९ संस्थापक सदस्यहरु मध्य उपस्थित विमला भण्डारी, विष्णु सुवेदी र रोशनी शर्मालाई सम्मान गर्दै सम्मान समेत गरेको छ । सम्मानित भएपछि भण्डारीले आफूहरूले स्थापना गरेको क्लब १७ औं वर्षमा प्रवेश गरेको र समाजमा अतुलनीय योगदान गरेकोमा गर्व महसुस भएको बताइन् ।

कार्यक्रममा रोटरी क्लब पोखरा फिस्टेलका अध्यक्ष, आगामी वर्षका अध्यक्ष ,सस्थापक सदस्यहरु अन्य रोट्रयाक्ट क्लबका अध्यक्षहरु, क्लबका कार्यसमिति सदस्य लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक एलिसा आचार्यको संयोजकत्वमा भएको कार्यक्रममा , अध्यक्ष क्षेत्रीले आफ्नो कार्यकालको अन्तिम समयमा कारागारमा स्यानिटरी प्याड हस्तान्तरण गर्दै बिशेषतः स्वास्थ्य क्षेत्रमा क्लव संवेदनसिल रहेकोले सम्पुर्ण संघसंस्थालाई उत्प्रेरणा प्रदान तथा सचेत बनाउनको लागि स्यानिटरी प्याड र टिसर्ट हस्तान्तरण गरेको बताइन् ।

क्लवले स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदान गर्दै यस महत्वपुर्ण कार्यमा सहयोग गर्ने सम्पुर्ण निकाय र व्यक्तिलाई धन्दवाद ज्ञापन गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।