जेसीज सप्ताह : सिपमुलक तालिम शुरु


     एभरेस्ट आवाज    
     श्रावण २९ गते २०८० मा प्रकाशित




साउन २९ पोखरा । पोखरा लेडी जेसीजको आयोजनामा आजदेखि तीन दिने सिपमुलक तालिम शुरु भएको छ ।
जेसीज सप्ताह अन्र्तगत सप्ताहव्यापी कार्यक्रम गर्दै आइरहेको जेसीजले चौंथो कार्यक्रम अन्र्तगत तीन दिने सिपमुलक तालिम शुरु गरेको हो ।

तालिमको हस्तकला संघ कास्कीका अध्यक्ष रामकली खड्काले उद्घाटन गरिन् । उनले तालिमले महिलालाई आत्मनिर्भर बनाउन सघाउने भन्दै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरिन् ।

कार्यक्रममा हस्तकला महासंघ कास्कीका उपाध्यक्ष एवं स्वस्तिक हस्तकला उद्योगकी प्रोपाइटर सिता गुरुङ , संस्थाका निवर्तमान अध्यक्ष लक्ष्मी अधिकारी, पूर्व अध्यक्ष गिता सिग्देल लगायतले संस्थाले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दैै यस्ता कार्यक्रमलाई अझ व्यापक रुपमा सञ्चालन गर्न सुझाव दिएका थिए ।

पोखराको बगरस्थित स्वस्तिक हस्तकला उद्योगमा तीन दिनसम्म सञ्चालन हुने तालिममा कपाल बाट्ने डोरी तथा हाते ब्याग बनाउन सिकाइने कार्यक्रम संयोजक रचना अधिकारीले जानकारी दिइन् । तालिममा २५ जनाको सहभागिता रहेको छ ।

सो तालिमको रचना अधिकारी, सम्झना बस्नेत र करुणा पाण्डेले क्रमश : पहिलो, दोश्रो र तेश्रो दिनको संयोजन गर्ने जेसीज सप्ताह मूल संयोजक एवं संस्थाकी कार्यकारिणी उपाध्यक्ष प्रमिला सुवेदीले जानकारी दिइन् ।

संस्थाले ‘महिला सशक्तिकरणका लागि हाम्रो अभियान’ उद्घोषका साथ गत शुक्रबारबाट हरेक दिन एक कार्यक्रम सहितको तालिका सार्वजनिक गर्र्दै कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन् । उनका अनुसार साइबर व्यूरो सम्बन्धी तालिम , निःशूल्क स्वास्थ्य शिविर र विद्यालयमा स्टेश्नरी तथा आवश्यक सामाग्री हस्तान्त्रण कार्यक्रम यसअघि सम्पन्न भइसकेको छ ।

संस्थाका अध्यक्ष लक्ष्मी कुँवर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक रचना अधिकारी आस्था पाठ रेजिना कटुाल र सञ्चालन सचिव अनिता थापाले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।