अब प्रिमियर सेक्युरिटिज स्याङ्जाको वालिङमापनि


     एभरेस्ट आवाज    
     भाद्र २२ गते २०८० मा प्रकाशित




भदौ २२ पोखरा । प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेड स्टक ब्रोकर नं ३२ ले आजदेखि स्याङ्जाको वालिङमा शाखा विस्तार गरेको छ ।

शाखाको एक समारोहका बीच गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले उद्घाटन गरे । कार्यक्रममा प्रदेश सभा सदस्य अर्यालले कम्पनीले यस क्षेत्रमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ शाखा विस्तार गरेकोमा खुसी व्यक्त गरे ।

कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउने उनले विश्वास व्यक्त गरे । कार्यक्रमका सभाध्यक्ष एवम् कम्पनीका अध्यक्ष प्रबन्ध निर्देशक रविन्द्र प्रसाद न्हुछें प्रधानले कम्पनीले सेवालाई प्रभावकारी बनाइने बताए ।

कम्पनीका सञ्चालक सन्तोषमान श्रेष्ठले सेवालाई सहज र प्रभावकारी बनाउने लक्ष्यका साथ वालिङमा शाखा विस्तार गरेको बताए । कम्पनीका शाखा प्रमुख सूर्य खनालले सञ्चालन गरेको कार्यक्रममा शाखा प्रबन्धक दीपक पौडेलले स्वागत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।