पोखरा। पोखराको लागि यामाहा ब्रान्डको स्कुटर तथा मोटरसाइकल पोखराको लागि आधिकारिक बिक्रेता भि.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि.ले यामाहा रेजेट-आर १२५ सी.सी.सेग्मेंटको माईलेज च्यालेन्ज सम्पन्न गरेको छ ।

नेपाली नारीहरुको सांस्कृति पर्व हरितालिका तीजको उपलक्ष्यमा शनिवार पोखरा नयाँबजार स्थित भि.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि. को प्रांगणबाट सुरु भएको च्यालेन्ज पोखराको विभिन्न चोकहरुमा परिक्रमा गर्दै २३ कि.मि. को दुरीमा राइड आउट गरिएको हो ।
कम्पनीले दाबी गर्दै आएको नेपालभरको स्कुटर सेग्मेन्टमा सबै भन्दा उच्च माईलेज दिने स्कुटर भन्दै आएको कुरालाई सत्य साबित गर्न उक्त कार्यक्रम गरिएको भि.ए.डब्लु इन्टरप्राइजेजले जनाएको छ । कार्यक्रममा २५ जना रेजेट-आर १२५ सी.सी.का ग्राहकहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा अन्जु पौडेल ८४.२५ कि।मि। प्रति लिटर माईलेजका साथ प्रथम भइन् । देउ माया तामाङ ८२.९६ कि।मि। प्रति लिटर माईलेजका साथ द्वितीय तथा प्रतिमा बराल ८१.८१ कि।मि। प्रति लिटर माईलेजका साथ तृतीय हुन सफल भएकी छन् ।
उक्त रेजेट-आर १२५ सी।सी।( एफ।आई हाइब्रिड स्कुटरको मोडलहरु जस्मा स्ट्याण्डर्ड, डीलक्स, प्रिमियम र प्रिमियम प्लस, १४५ एम।एम को ग्राउण्ड क्लियरेन्स का साथ ९९ केजी को हलुका युनिफाईड ब्रेकिङ सिस्टम (यु.बि.एस), साइड स्ट्यान्ड इन्जिन कट-अफ र २१ लिटर अन्डर सिट भण्डार र स्टप एण्ड स्टार्ट प्रणाली (जस्ले छोटो बिसौनीमा इन्जिनलाई स्वतस् स्विच अफ गरि मुल्यवान उर्जा बचत गर्ने ) लगायतका विशेषता आफ्ना ग्राहकवर्गहरुलाई जानकारी दिएर कार्यक्रम समापन गरिएको थियो ।
भि.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि.का म्यानेजिङ डाइरेक्टर सरोज श्रेष्ठ, एम.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि.का रिजनल म्यानेजर श्राम बोगटी, एरिया सेल्स म्यानेजर सुबास मैनाली तथा एरिया सर्भिस इन्जिनियर हेम शंकर शाहाले विजेताहरुलाई प्रमाण-पत्र तथा ट्रफी तथा सहभागी महिलाहरुलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।
सोहि अवसरमा यामाहाको ग्राहकवर्गहरुलाई तिजको दर खुआउने कार्यक्रम तथा तीजको शुभकामना आदानप्रदान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





