पोखरा । अर्धनारेश्वर टोल बिकाश संस्था पोखरा १३ आर्वाको सातौं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम शनीवार आर्वा कुईथोकमा सम्पन्न भयको छ।
साधारणसभाको उद्घाटन समाजसेवी, जेष्ठ नागरिक तिलकप्रसाद बरालले गरेका थिए। सो अवसरमा बरालले टोल बिकाश संस्थाहरुले आफ्नो गाउँ टोल समाजको बिकाश सबै मिलेर गर्नु पर्ने बताए।
अर्धनारेश्वर टोल बिकाश संस्थाका अध्यक्ष देबेन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष बरालले आफ्नो एक वर्षे कार्यकालमा गरिएका कामहरु सार्वजानिक गरेका थिए।
उनले टोल बिकाश संस्थाका सदस्यहरुलाई तीन महिनाको खानेपानीको बील टोल बिकाश संस्थाबाट भुक्तानी गरी निशुल्क सेवा प्रदान गरेको,समय समयमा निशुल्क औषधी वितरण गरिएको, टोलवासीलाई सेफ्टी बुट,पञ्जा, प्रदान गरेको, टोलको क्यालेन्डर प्रकाशन गरेको, प्रत्येक टोलवासीलाई पाँच केजी युरिया मल निशुल्क वितरण गरिएको,समय समयमा टोल सरसफाई गरीएको, मन्दिर पाटी पौवा कृयापुत्री भवन बनाईएको,टोल भित्र वडा नं १३कार्यालयको सहयोगमा खुल्ला ब्यायामशाला निर्माण गरिएको, सडक खानेपानी लगायतका बिभिन्न कामहरु गरीएको जानकारी दिए।
कार्यक्रममा टोल बकास संस्थाले बिभिन्न समयमा बिकाश निर्माणका कामहरु गर्दा टोलबासीबाट महत्वपूर्ण सहयोग गर्ने ब्यक्तित्वहरुलाई सम्मानित गरियको थियो।सो अवसरमा कवि नुमराज बराल, रतन पाण्डे बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष बसन्त शर्मा अधिकारी,श्री मोहरपानी आदर्श टोल बिकाश संस्था का अध्यक्ष पत्रकार श्रीराम सिग्देल, अर्धनारेश्वर टोल बिकाश संस्थाका संस्थापक अध्यक्ष टेकनाथ बराल,आर्वाली आमा समुहकी अध्यक्ष भगवती बराल, जिल्ला वन कार्यालय तनहुँका प्रमुख चुडामणि वराल, पर्यटन ब्यवसायी ईन्दीरा बराल, समाजसेवीहरु नारायण प्रसाद बराल, दामोदर बराल,राधाकृष्ण बराल, गोपाल बराल,रामचन्द्र बराल, लिलादत्त बराल टोल बिकाश संस्था का सदस्यहरु सीतादेबी बराल,प्रेमबहादुर भुजेल,रीता बराल, लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिय।
साधारणसभामा अध्यक्ष देबेन्द्रप्रसाद बराल तथा कोषाध्यक्ष गोविन्दप्रसाद बरालले प्रस्तुत गरेका अध्यक्ष र कोषाध्यक्ष को प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो। संस्था की उपाध्यक्ष बिनिता बरालले स्वागत् गरेको कार्यक्रमको सञ्चालन सचिव प्रकाश बरालले गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







