पोखरा । भौगलिक रुपमा बागलुङ जिल्लाकै दुर्गम मानिने निसीखोला गाउँपालिका वडा नं. ५ निसेलढोरमा टेलिकम विस्तार भएको छ ।
यातायात,सञ्चार,विद्युत जस्ता आधारभुत आवश्यकताबाट नै बन्चित त्यस स्थानमा आईतबार नेपाल टेलिकमको टुजी सेवा विस्तार गरिएको हो ।
निशेलढोरका जनतालाई मोवाईलमा फोन गर्नको लागि भन्डै १ घण्टाको दुरीमा रहेको अग्लो डाडामा पुग्नु पर्ने बाध्यता अव अन्त्य भएको निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तीमगरले बताए ।

पालिकाको पहिलो प्राथमिकतामा परेको निसेलढोरलाई सञ्चारको पहुँचमा पु¥याउन सफल भएको बताउदै उनले अव छिट्टै विद्युतको पहुँच पु¥याउने काम पनि अन्तिम अवस्थामा रहेको जानकारी दिए ।
स्थानिय सरकार गठनपछि निसेलढोरका स्थानियलाई आधारभुत आवश्यकताको पहुँच विस्तार गर्ने क्रममा सामुदायिक स्थास्थ्य ईकाई सञ्चालनमा ल्याईएको छ।वडा नं. ५ स्थित करिव ३ हजार ७ सय १० मिटर उचाईमा रहेको ऐसेलुधारामा टावर राखेर त्यस स्थानका बासिन्दालाई सञ्चारको पहुँचमा ल्याईएको वडा सदस्य भरतसिँ सुनारले जानकारी दिए ।

उनका अनुसार सेवा सञ्चालनमा आए सङ्गै निसीखोला गाउँपालिका वडा नं ५ नेशेलढोर तथा ढोरपाटन नगरपालिका वडा नं ९ को मस ,विजा, काँगका स्थानिय साथै रुकुम पुर्वको भुमे गाउँपालिकाका केही भेगमा सेवाको पहुँज पुगेको छ । करिव १७ दिनको निरन्तरको मेहनत पश्चात आईतबार देखी मोबाईलफोन सेवा सुरु भएको छ ।
उक्त सेवा विस्तारका लागि आफै खटिएका वडा सदस्य सुनारले दुर्गम र ओझेलमा परेको ठाउँमा सञ्चार सेवा पुग्दा धरै खुशी हुनुका साथै समाजमा थप विकासका काम गर्ने हौसला प्रदान भएको प्रतिक्रिया दिएका छन् ।

अहिलेलाई अस्थाई संरचना रहेको तर यसलाई पुन स्थाई टावर निमार्ण गरेर फोरजी सेवा विस्तार गरिने छ । साथै सेवा विस्तारका लागि करिव साढे पाँच लाख लागत लागेको छ ।
कार्यक्रममा गण्डकी प्रदेश पुर्व सांसद खिम विक्रम शाही, नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख केशव शर्मा लगाएत विभिन्न राजनैतिक दलका अगुवाहरुको उपस्थिती रहेको थियो ।

कृषि तथा पशुपालनमा निर्भर रहेको त्यस वडाका स्थानिय निसेलढोरमा आलु,स्याउ लगाएत उव्जनी गर्ने र गाईवस्तुसंग घुम्ति बसाँई गर्ने परम्परा रहेको छ ।

सुचना र सञ्चार क्षेत्रमा विश्वले रुप फेरिरहेको अवस्थामा विगतदेखि यस्ता पहुँचबाट वन्चित रहेका त्यस स्थानका स्थानियले राहत महसुस गरेका छन् । सञ्चारको पहुँचमा पुगेपछि कैदी जीवनबाट उन्मुक्ति पाएको महसुस भएको सेवाग्राहीहरुले प्रतिक्रिया दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





