ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा-२ मिरूवाको १५ ओेैँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारणमा सभामा विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक विष्णुप्रसाद अधिकारी र जेष्ठ सदस्य शारदा शर्मा अधिकारीलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै, सहकारीबाट कर्जा लिएका मध्ये असल कर्जातर्फ भक्तिमाया नेपालीलाई सम्मान गरिएको थियो भने सहकारीका सदस्यहरुका छोराछोरीमध्ये माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याएर उत्तिर्ण हुने सुवोध वस्ति र आयुश अधिकारीलाई सम्मान गरिएको थियो ।
साधारण सभाले संस्थाका सचिव झलकनाथ आचार्यले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिपक अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
संस्थाका अध्यक्ष राम विक्रम राणाको अध्यक्षता तथा पोखरा महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सहारा प्रधानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थापक कोषाध्यक्ष राजु अधिकारी, शेयर सदस्य कमला बराइली, नवशक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै वडाध्यक्ष प्रधानले संस्थाले जस्तासुकै चुनौतीको सामना गर्दै सहकारीको गरिमा उच्च राख्न सफल भएको बताए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष दयाराम सापकोटाले स्वागत मन्तव्य, सञ्चालक समिति सदस्य तारा बराल पौडेलले सहकारीका सात सिद्धान्त वाचन तथा कार्यक्रम सञ्चालन सचिव झलकनाथ आचार्यले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







