नौलो घुम्ति नेपालको साधारण सभा तथा सामाजिक लेखा परिक्षण सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको सामाजिक बिकासकालागि गैर सरकारी संस्थासॅंग हातेमालो गर्न महानगर तयार रहेको बताएका छन् । शुक्रवार नौलो घुम्ति नेपालको २२ औं साधारण सभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रमको समुद्घाटन गर्दै महानगर प्रमुख आचार्यले सो कुरा बताएका हुन् ।

प्रमुख आचार्यले नौलो घुम्ती नेपालले पोखरा महानगर पालिकालाई आमन्त्रित सदस्य वनाएर भए पनि वैठकमा समावेस गर्न सके मिलेर काम गर्न सकिने उपाय पनि सुझाए ।

संस्थाका अध्यक्ष बद्रिबिनोद प्रतीकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा, आई एन एफ नेपालका सहायक निर्देशक लेखनाथ केसी, संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष इन्दिरा बराल, सहारा क्लव पोखराका अध्यक्ष केशबराज बराल, बौद्द अर्घौ सदनका अध्यक्ष क्या भुवनसिंह गुरुङ, सहारा क्लब हड.कड.का अध्यक्ष दिपक गुरुड, संस्थाका आजिवन सदस्य तथा कोष बृद्दि समितिका सदस्य महेश गुरुङ, संस्थाका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र थापामगर, द्वितिय उपाध्यक्ष मंगल नेपाली, सचिब कमलप्रसाद अर्याल लगायतले संस्थाको गतिबिधि, उपादेयता, उपलब्धि, चुनौति र आगामि रणनीति तथा प्राथमिकता बारे चर्चा गरेका थिए ।

सभाले महासचिव मिनाकुमारी गुरुड.द्वारा प्रस्तुत सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष महेन्द्रबहादुर गुरुड.द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेका थिए ।
साधारण सभाकै अवसरमा संस्थाको आ व २०७९/८० को सामाजिक लेखा परिक्षण पनि गरिएको थियो । सामाजिक लेखा परिक्षण कार्यक्रमको सहजिकरण संचारकर्मि दीपेन्द्र श्रेष्ठले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।