पोउवा संघमा शुभकामना आदान–प्रदान तथा चियापान


     एभरेस्ट आवाज    
     असाेज २७ गते २०८० मा प्रकाशित




असोज २७ पोखरा । पोखरा उद्योग वाणिज्य संघले शनिबार दशैं, नेपाल संवत, तिहार, छठ, इदलगायतका चाडपर्वको पूर्वसन्ध्यामा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

शुभकामना आदान–प्रदान र चियापान कार्यक्रममा संघका साधारण सदस्य,कास्की स्थित प्रशासनिक निकायका प्रमुख तथा प्रतिनिधिहरु एवं संघका शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

संघका अध्यक्ष पवनकुमार प्रजापतिले हरेक वर्षजस्तै यो वर्ष पनि शुभकामना आदान–प्रदानको लागि चियापान आयोजना गरिएको बताए । उनले बजार सुस्त भए पनि धैर्य नगुमाइ व्यवसाय गर्न उद्योगी/व्यवसायीहरुसँग आग्रह गरे ।

आमन्त्रित पाहुनालाई अध्यक्ष प्रजापतिसहित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले अतिथिहरुको स्वागत गरिएको महासचिव बलराम आचार्यले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।