पोखरामा हिमालयन मार्ट शुभारभ्भ, दशैमा बिषेश छुटको व्यवस्था


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८० मा प्रकाशित




पोखरा । बिजया दशमी लगायतका आउदै गरेका चाडपर्ब लक्षित अफर सहित पोखरामा हिमालयन मार्ट शुभारभ्भ भएको छ । पोखरा १७ , राममन्दीर नजिक सञ्चालनमा आएको मार्टले दैनिक खाद्यान्न लगायतका आबस्यक ग्रोसरी समानाहरुमा शुभारभ्भको अबसरमा छुट दिएको हो ।

युवा व्यवशायी जनक प्रसाद काफ्ले तथा धुब्र काफ्ले ले को नयाँ ब्यबशायका रुपमा खुलेको हिमालयन मार्टमा खानाका परकारहरुको स्टल, मासु, तरकारी, रेष्टुरेन्ट आईटमको पनि ब्यबस्था मिलाइएको छ ।

करिव ३ करोड लागतमा सञ्चालन गरिएको मार्टमा सहज पार्कीङ्ग,सस्तो तथा सुलभ मुल्य भएकोलृ ग्राहकको रोजाई हुने सञ्चालक जनक काफ्लेले बताउनु भयो ।

शुभारभ्भको अबसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी , कास्कीको प्राबिधिक सहयोगमा खुल्ला रत्तदान कार्यक्रम आयोजना गरिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।