अन्तराष्ट्रिय स्तरका फर्निचर मेलाः पुरानो लिएर आउनुहोस्,नयाँ लिएर जानुहोस !


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८० मा प्रकाशित




पोखरा । पोखराको न्युरोड स्थित सिटी स्क्वायर ब्यांक्वेट मा कार्तिक १,२ र ३ गते अन्तराष्ट्रिय स्तरका फर्निचरहरुको मेला हुने भएको छ।

चितवनमा रहि देशभरी बजार बिस्तार गरिरहेको फर्निटेक नेपाल प्रा.लि.ले आफ्ना उत्पादनहरुको विशेष प्रदर्शनको आयोजना गरेको हो ।

भारी छुटका साथ विदेशी तथा आफ्नै उत्पादनहरुको बिक्रीको तत्कालीन तथा पोखरामै नयाँ बिक्री केन्द्रको स्थापना गर्ने दीर्घकालीन योजना सहित कार्यक्रमको आयोजना गर्न लागिएको फर्निटेकका संचालक अमर घिमिरेले जानकारी दिए ।

सोफा, डाईनिगं सेट, बेड तथा मोडुलर फर्निचरको जगतमा आफ्नो बेग्लै पहिचान बनाएको फर्निटेक नेपालले यस क्षेत्रमा परिचित हुन लागेकोमा स्थानिय व्यवसायी रामु गौतमले खुसी व्यक्त गरे ।

सो मेलामा पुराना सोफा तथा फर्निचरहरुसँग नयाँ सोफाहरु साट्ने योजना पनि आयोजक कम्पनीले प्रस्तुत गरेको छ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।