पोखरामा दशैको अवसरमा खसीबोका प्रर्दशनी हुने


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८० मा प्रकाशित




असोज २८ पोखरा । बिजया दशमीको अबसर पारेर पोखरामा तेश्रो खसीबोका प्रदर्शनी गरिने भएको छ । पोखरा महानगरपालिकाले खसीबोका प्रदर्शनी गर्ने भएको हो । पोखरा महानगरपाालिका वडा नं २८ सौर्यबजारमा आयोजना हुने खसीबोकाको प्रर्दशनीको तयारी भैरहेको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए ।

वडा र आसपासमा किसानले पालेका खसिबोकाको उचित मुल्य तथा पशुपालनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहनको लागि प्रर्दशनी आयोजना गर्न लागिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले बताए । उत्पादनमा आधारित पशुपालनलाई पवद्र्धन गर्दे स्थानी उत्पादनलाई प्रयोग गर्ने बानीको विकास गर्नका लागि प्रदर्शनी आयोजना गरिएको उनको भनाई छ ।

असोज ३० गते मंगलबार आयोजना हुने प्रदर्शनीको स्थानीय ब्यवस्थापन पोखरा महानगरपालिका वडा नं २८ ले गरेको छ भने मिडिया पार्टनरमा पोखरा टेलिभिजन एण्ड मिडिया प्रालिले रहेको छ । त्यसैगरि प्रदर्शनीको बिषेश सहयोगीमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा ,भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र कास्की ,ब्यवसायिक बाख्रा पालन समिति पोखरा २८ रहेका छन ।

पशुपालकले आफुले पालेका खसी बोका प्रदर्शनीमा निःशुल्क राख्न पाउने ब्यबस्था मिलाइएको छ भने खसी बोका खरिद बिक्रीका लागि सहजिकरणका प्रयासहरु पनि भएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा एकै घर बाट धैरै खसी बोका ल्याउने र सवै भन्दा ठुला खसी बोका ल्याउने किसानलाई पुुरस्कार समेत रहेको आयोजकले जनाएको छ । प्रर्दशनीमा एक सय भन्दा बढि खसी बोका हुने आयोजकले अपेक्षा गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।