असोज २९ पोखरा । हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्था को अध्यक्षमा पुन: लक्ष्मी नारायण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
पोखरा ६ लेकसाइडस्थित सहकारीको आज सम्पन्न १३ औ बार्षिक साधारणसभा तथा ५ औं अधिवेसनले श्रेष्ठ लाई पुनः चार बर्षका लागि अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा भरतबहादुर पौडेल, सचिबमा चिरञ्जीवी पौडेल, कोषाअध्यमा रामप्रसाद ढकाल र सहसचिबमा पदमराज पहारी चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा चेतनारायण पाण्डे , तेजनारायण अधिकारी ,सुनिता बराल र जमुना पराजुली चयन भएको निर्वाचन अधिकृत तथा संस्थाका कानुनी सल्लाहकार कमल अर्यालले जानकारी दिए ।
यसैगरी लेखा समितिको संयोजकमा विष्णुप्रसाद बराल र सदस्यहरुमा कृष्णकुमार श्रेष्ठ र दामोदर बराल चयन भएका छन् ।
यसअघि, साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उपसभामुख बिना थापा मगरले सहकारी संस्थाहरु स्थापित नियम र कानुनका आधारमा सञ्चालित हुनुपर्ने बताइन् ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले सहकारीको समाजमा छरिएको सानो सानो पूँजी संकलन गरी व्यावसायिकता र उद्यमशिलताको विकासमा योगदान गरेको बताइन् ।
संस्थाका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा वडा सदस्य दीपेन्द्र पहारी, संस्थाका सचिव भरत बहादुर पौडेल , शेयर सदस्य जगन्नाथ अधिकारी , मितेरी नारी समूह बैदामका अध्यक्ष लक्ष्मी केसी, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष नेत्र भण्डारी , सल्लहाकार मेहरमान श्रेष्ठ , कानुनी सल्लाहकार कमल अर्याल , सल्लाहकार चुडामणिा पहारी , इन्जिनियर भरतराज पहारी , उपाध्यक्ष पम्फा पहारी र सदस्य चेतनारायण पाण्डे लगायतले सहकारी संस्थाले शेयरसदस्यको हितलाई ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
विसं २०६७ मा स्थापना भएको सहकारीमा एक हजार शेयर सदस्य छन । संस्थाको शेयर पूँजी शेयर आठ करोड १२ लाख ६ हजार ८ सय र निक्षेप संकलन २१ करोड २० लाख ७५ हजार ८ सय ८७ रुपैयाँ रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







