पोखरा । फर्निटेक नेपाल प्रालिले पोखराको न्युरोड स्थित सिटि स्क्वायर ब्यान्क्वेटमा फर्निचर एक्सचेञ्ज सहित प्रदर्शन सुरु गरेको छ ।
कार्तिक १ गते देखि तीन दिन सम्म चल्ने उक्त अफरमा कुनै पनि फर्निचरका सामाग्रीमा ३० देखि ६० प्रतिशत छुटमा प्रीमियम क्वालिटिका सोफा बिक्रिमा राखिएको छ ।
जनसमुदायको राम्रै चासो रहेको मेलामा फर्निचरमा ५ बर्षको वारेन्टी दिइएको उनले बताए । प्रदर्शन गरिएका फर्निचरहरुको गुणस्तर एवम् कालिगडी उच्चस्तरीय रहेको कम्पनीका संचालक कृष्ण बरालले वताए ।
चितवनमा केन्द्रिय कार्यलय रहेको उक्त प्रालिले पोखरामा पनि आफ्नो फर्निचर ब्यापार बिस्तार गर्ने योजना बनाएको अध्यक्ष अमर घिमिरेले बताए । चितवनमा फर्निटेक नेपाल प्रालि फर्निचर ब्यबसायमा नाम चलेको कम्पनी रहेको पनि उनले दाबी गरेका छन ।
मेलामा ५० हजार देखि ४ लाख सम्मका सोफा सेट राखिएको छ । उच्च गुणस्तरका फर्निचर सामाग्रीको उपभोक्ताले खोजे अनुसार उपलब्ध गराउन पोखरामा तीस प्रतिशत छुट्का साथ बिक्रि बितरण सुरु गरिएको उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







