पोखरा । लामो समयदेखि स्विट्जरल्याण्डमा क्यान्सर रोग विशेषज्ञका रुपमा अनुभव सम्हालेका डा. बिनयकुमार श्रेष्ठ एक सातादेखि पोखरामा रहेका छन्। उनले गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुसँग सोमबार अन्तरक्रिया समेत गरेका छन्। सो अवसरमा डा.श्रेष्ठले स्वीटजरल्याण्डमा आँफूले सिकेका अनुभवहरु सुनाएका थिए।
गत साता उनले भक्तपुर क्यान्सर अस्पतालको रेडिएसन अंकोलोजी विभागमा पुगेर डाक्टरहरु समक्ष आफ्नो अनुभव साटेका थिए। डा. श्रेष्ठले मंगलबार गुतेश्वर महादेव बहुमुखी क्याम्पन्समा पुगेर स्विट्जरल्याण्डको शिक्षा प्रणालीबारे जानकारी दिदैछन्। दुई दशकदेखि स्विट्जरल्याण्डमा बस्दै आएका डा. विनय श्रेष्ठ क्यान्सर रोग विशेषज्ञ हुन् ।
भरतपुर महानगर पालिका चितवन मूल घर भएका श्रेष्ठ हाल स्वीटजरल्याण्डको वेर्न स्थित युनिभर्सिटी अस्पतालमा कार्यरत छन्। सो अस्पतालमा उनि रेडिएसन अंकोलोजी विभागमा विशिष्ट विशेषज्ञको जिम्मेबारीमा छन्।
यसअघि डा. श्रेष्ठले जुरिचस्थित एक प्रादेशिक अस्पतालमा विभागीय उपप्रमुखका रुपमा काम गरेका थिए। डा. श्रेष्ठसँग स्विट्जरल्याण्डका विभिन्न अस्पतालमा गरी १८ बर्षभन्दा बढी काम गरेको अनुभव छ। नेपालबाट एमबीबीएस अध्ययन पूरा गरेका श्रेष्ठले स्वीटजरल्याण्डबाट एमडी गर्नुका साथै वायोमेडिकलन इञ्जिनिररिङमा स्नातकोत्तर समेत गरेका छन् ।
एनआरएनए स्विटजरल्यान्डको संस्थापक उपाध्यक्ष समेत रहेका श्रेष्ठले दुई कार्यकालसम्म अध्यक्षको जिम्मेबारी समेत सम्हालेका थिए। उनले एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका सदस्यको रुपमा पनि काम गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







