कार्तिक २४ पोखरा । पोखरा–३१ स्थित पचभैया सामुदायिक होम स्टेको अध्यक्षमा रामभक्त थापा चयन भएका छन । संस्थाको सम्पन्न सातौं साधरणसभा तथा चौंथो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा सरस्वती थापा, सचिवमा पुनम श्रेष्ठ, कोषाध्यक्षमा शुसिला थापा, सदस्यमा विनोदमणी लामिछाने, दिनेश अधिकारी र रामजी पौडेल चयन भएका छन् ।
यसअघि साधरण सभाको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले उद्घाटन गरेका थिए ।
कार्यक्रममा क्षत्री समाज ३१ का अध्यक्ष कृष्ण बहादुर थापा, पचभैया वन समुह का दिननाथ ढकाल, संसथापक अध्यक्ष अर्जुन लम्साल, वडा सदस्य बिनोदमणी लामिछाने, सीड फाउन्डेसनका निर्देशक दामोदर भक्त थापा लगायतले होमस्टेको बारेमा बोलेका थिए ।
अध्यक्ष निल कुमारी थापा मगर को अध्यक्षतामा सम्पन्न अधिवेशनले कोषाध्यक्ष पदम लामिछाने आर्थिक प्रतिवेदन र सचिव गणेस ढकालको प्रगति प्रतिबेदन सुझाव सहित सर्वसम्मतिले पारित गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







