पोखरामा सुन पसलको ताला काट्दै गर्दा किशोर पक्राउ


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०८० मा प्रकाशित




पोखरा । पोखरामा सुनचाँदी पसलको सटर काट्दै गरेको अवस्थामा एक जना किशोर पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ९ न्यूरोड स्थित आर.के. स्याङ्जा ज्वेलर्स तथा सुनचाँदी पसलको सटरमा लगाएको ताला काट्दै गरेको अवस्थामा कास्की जिल्ला रुपा गाउँपालिका वडा नं–६ का १८ वर्षिय एक किशोर पक्राउ परेका हुन् ।

शनिबार राती १२ बजेर १० मिनेटको समयमा सटरको ताला काट्दै गरेको अवस्थामा किशोरलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनको साथबाट २ थान हेक्सा ब्लेड र १ थान काटेको ताला बरामद गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ परेका किशोर नाबालक रहेकाले उनको नाम, वतन गोप्य राखिएको छ । उनलाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाइएको डिएसपी विकले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।