सराङकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०८० मा प्रकाशित




मंसिर १६ पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको छ । २०६३ मा स्थापना भएको सहकारी ऐन नियम अनुसार समुदाय विकास कार्यक्रमका लागि रेडियो सराङकोटसंगै सदस्यको आर्थिक विकासको लागि बचत तथा ऋण कारोबार गर्दै आएको छ ।

साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका क्षत्रीय प्रमुख नरेश पाण्डेले संस्थालाई दिर्घकालिन रुपमा अगाडी बढाउन, जगेडाकोष बृद्दिसंगै सदस्यहरुले ‘मेरो सहकारी’ भन्ने भावनाको विकास गराउनुपर्ने बताए । समाजको विकासमा सहकारीको भुमिका महत्वपूर्ण रहेकोले सबै सहकारी एउटै टोकरीमा राखेर नहेरी राम्रोलाई राम्रो हो भन्न सक्ने सहकारी बन्नुपर्नेमा जोड दिए ।

साधारणसभाले अध्यक्ष कृष्ण थापा, सचिव कुल प्रसाद सुवेदी, कोषध्क्ष राममणी पौडेल, कर्जा संयोजक रमेश कुमार थापा, लेखा संयोजक शिव बहादुर बानियाँ, असुली संयोजक मायाकुमारी शर्मा व्यवस्थापक सुरेन्द्र थापाले प्रस्तुत गरेको प्रतिवेदनहरुलाई पारित गरेको छ ।

संस्थाको हाल शेयर पुँजी ७ करोड पन्ध्र लाख बचत ४५ करोड, ७४ लाख , कर्जा लगानी ५३ करोड ६२ लाख रहेकोमा यस वर्ष सम्पूर्ण तर्फ १० कारोड बृद्दि गर्ने योजना रहेको अध्यक्ष कृष्ण थापाले बताए ।

कार्यक्रममा ज्येष्ठ सदस्य पूर्ण बहादुर ढकाल क्षेत्री, उत्कृष्ट कारोबार, बचतकर्ता लगायतलाई सम्मान गरीएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।