डिमुवा बचत तथा ऋण सहकारीको साधरण सभा सम्पन्न


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०८० मा प्रकाशित




पर्वत । डिमुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार पर्वतको डिमुवामा अवस्थित सहकारीको नवौं साधरण सभा सम्पन्न भएको हो ।

साधरणसभाको मोदी गाउँपालिका–६ का वडाध्यक्ष दिपेन्द्र लामिछानेले उद्घाटन गरे । उनले समाजको विकासमा सहकारीको भुमिका भुमिका महत्वपूर्ण रहेको बताए । उनले सदस्यहरुको हितलाई केन्द्रमा राखेर कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरे ।

सञ्चालक समितिका अध्यक्ष रुद्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ठक्कर प्रसाद शर्मा , नुवादत्त लम्साल, बाबुराम शर्मा, रामचन्द्र सुवेदी लगायतले बोलेका थिए ।

साधरणसभाले कोषाध्यक्ष सुकमान श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै उत्कृष्ट कारोबार गर्ने ६ जनालाई सम्मान तथा निवर्तमान प्रबन्धक पुष्पा आचार्यलाई सम्मान सहित बिदाई गरिएको संस्थाका सञ्चालक कमिटीका सचिव भोलाराज सुवेदीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।