अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधन नियन्त्रणमा


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०८० मा प्रकाशित




पोखरा । पोखरामा अबैध रुपमा प्राकृतिक दोहन गरिरहेका ५६ वटा सवारी साधन प्रहरीद्धारा नियन्त्रणमा लिईएको छ । जिल्लाका विभिन्न स्थानमा नियम कानुनुविपरित प्राकृतिक नदिजन्य पदार्थ उत्खनन गरी फर्जी बिल समेत बनाई चोरी निकासी भई रहेको भन्दै जिल्ला प्रहरी कास्कीको उक्त साधनहरु नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार अवैध रुपमा नदिजन्य पदार्थ ढुङगा, गिट्टी, बालुवा, ओसार(पसार गर्ने, भ्याट्बिल नभएका, कागजपत्र नभएका, फर्जिबिल बनाएका बिभिन्न ५६ वटा सवारी साधनहरु (ट्रक, टिप्पर, ट्याक्टर) नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका उक्त साधनहरु आवश्यक कारवाहीको लागी पोखरा महानगरपालिकाको नगर कार्यपालीकाको कार्यालयमा पठाईएको छ । साथै यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।