मंसिर २९ पोखरा । पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाअन्तर्गत शनिबार चर्चित लोकगायक पुरुषोत्तम न्यौपानेको प्रस्तुति रहने आयोजकले बताएका छन् ।
आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यका अनुसार शनिबार न्यौपानेसहित एलिना चौहान,प्रिति आले,सरला पाण्डे,राजन कार्की, सन्तोष सुवेदी,पवन खतिवडाको प्रस्तुति रहने छ ।
मेलाको आइतबार समापन हुँदैछ । पोखराका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा मेलाको समापन गरिने महासचिव आचार्यले बताए ।
मेलामा हालसम्म ८ करोडभन्दा माथिको कारोबार भएको र १ लाखजनाभन्दा बढीले अवलोकन गरेको उनको भनाइ छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







