पोखरा । पोखरा महानगर वडा नम्बर ६ स्थित शान्तिपाटन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा तेजबहादुर भट्टराई निर्विरोध चयन भएका छन् ।
संस्थाको १३ औं साधारण सभा तथा पाँचौं अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।संस्थाको उपाध्यक्षमा कल्पना पहारी, सचिवमा मिरा पौडेल, कोषाध्यक्षमा कमला पहारी पनि निर्विरोध चयन भए ।
यस्तै सदस्यहरुमा बद्रीनाथ आचार्य, निर्मल बराल, महेश कुवँर निर्वाचित भएका छन् । उनीहरु मतदानमार्फत निर्वाचित भएका हुन्। लेखा संयोजकमा तारा आचार्य चयन भएका छन् ।
२०६४ चैत १३ गते स्थापित शान्तिपाटन बचत तथा ऋण सहकारी संस्थामा २३२ सेयर सदस्य रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







