नेपाल गृह श्रमिक महिला संघ र जागरण महिलाको आयोजनामा पोखराको मुस्ताङचोकमा लाग्ने शनिबारे अर्गानिक हाटमा ग्राहकको आर्कषण बढ्दो रहेको आयोजकले जनाएको छ ।
प्रत्येक शनिबार बिहान ७ बजेदेखि सञ्चालन हुने हाटमा आफ्नो घरमै लगाइएको तरकारी तथा खाद्य सामाग्री किन्ने तथा अवलोकनका लागि आउनेहरुको संख्या बढ्दो रहेको आयोजकको दाबी छ ।
बिहान १० बजेसम्म सञ्चालन हुने हाटमा साग, धनिया ,तरूल, पिँडालु, च्याउ, धुप, गेडागुडी ,अर्गानिक फपरको पिठो बाट बनाएको कुकिजहरुप्रति ग्राहको आर्कषण रहेको आयोजक नेपाल गृह श्रमिक महिला संघकी अध्यक्ष गिता पौडेलले जानकारी दिइन् ।
यस्का साथै हाटमा बिहानैदेखि तातो सेल रोटी, अचार, चिया पिउनेहरुको संख्यापनि उत्तिकै रहने गरेको उनको भनाई छ । खानेमात्रै नभई घरमानै लैजान मिल्नेगरि आफुहरुले सेवा दिइरहेको उनले बताइन् । हाटमा आउनेहरुलाई समुह आफैले बनाएको दुना टपरी मार्फत सेल, अचार चिया दिने गरिएको जागरण महिलाकी सचिव सीता रानामगरले बताइन् । अर्गानिक स्वाद टिपिकल शैलीमा पस्कने हुँदा यसतर्फ आम सर्वसाधरणको आर्कषण बढेको आफुहरुले महशुस गरेकोे उनले अनुभव सुनाइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







