पुस ८ पोखरा । पोखराको लेकसाइडस्थित प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले क्रिसमस र अंग्रेजी नयाँवर्षलाई लक्षित गरेर तीन ठुला कनर्सटको आयोजना गर्ने भएको छ ।
प्याराडिसोले क्रिसमस र अंग्रेजी नयाँवर्षमा पोखरा आउने आन्तरिक तथा विदेशी पर्यटकलाई लक्षित गर्दै नबिन के भट्टराई, स्याडोज र द इलिमेन्स व्याण्डले मनोरञ्जन दिने भएका हुन् ।
‘क्रिसमस’ र नयाँ वर्षको स्वागतार्थ कार्यक्रमको आयोजना गरेको प्यारोडिसोका म्यानेजर हरी पौडेलले बताए । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा पुस ९ साँझ लाइभ कन्सर्ट मार्फत नबिन के भट्टराई दर्शकमाझ प्रस्तुत हुनेछन् ।
युवा पुस्ताका गायक नविन के भट्टराईलाई एक फरक शैलिमा गीत गाउने खाएका रुपमा पनि चिनिन्छन् । गायक भट्टराईले तिमि हौ लाखौंको धड्कन, साँझ पख, रात बित्यो, चाहना छ एउटै मेरो, सम्झिरहन्छु, सयौं लास टेकेर, साँझापख, दोबाटोमा, तिमिले हेर्दा कसैलाई जस्ता चर्चित गीतबाट दर्शकलाई मनोरञ्जन दिने छन् ।
मध्यरातसम्म लाइभ कन्सर्ट हुने कार्यक्रमको टिकट १ हजार र ५ सय रुपैया रहेको पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए ।
नवीन के भट्टराईले सन् १९९० बाट आफ्नो सांगीतिक करियर सुरु गरेका हुन् । उनले “द स्टिल ह्वील“ ब्यान्डबाट गायक र रिदम गिटारवादकको रूपमा गरेका थिए । उनलाई पप स्टारका रुपमा दर्शकले चिन्दै आएका छन् । उनले नेपाली सांगितीक क्षेत्रमा विभिन्न म्युजिक अवार्ड र पुरस्कार समेत जितेका छन् ।
त्यसै गरी पुस १४ गते ‘द स्याडोज नेपाल’ को प्रस्तुती रहेको छ । स्याडोजका चर्चित गीतहरु ‘स्वर्गमा ठाउँ छैन’ ‘नयाँ नेपाल’, ‘हिँड्ने मान्छे लड्छ’, ‘धर्ति माथिको बोझ’, ‘आठ दिन’, ‘अवसाद’, ‘नारी’ ‘पाप’, ‘के पाइस नेपाली ?’ लगायतका गितले दर्शकहरुलाई झुमाउने छ ।
सन् १९९७ मा स्थापना भएको चितवनको ब्याण्ड ‘द स्याडोज नेपाल’ सक्रिय रहेको छ । नेपाल सहित विभिन्न देशमा व्याण्डले कन्र्सट गर्दै आएको छ । ब्याण्ड सन् २००३ मा ‘सुन हाम्रो आवाज’ एल्बम मार्फत सांगीतिक ब्यवसायमा आएको थियो ।
उसले पहिलो सांगितिक कन्सर्ट नेपालको हेटौंडामा गरेको थियो । ब्याण्डमा स्वप्निल शर्मा (भोकल) प्रकाश रसाईली (लिड गीतार) अमित प्रधान (बेस गीतार) सुजन मानन्धर (गीतार) साहिल रीसेल (ड्रम) रहेका छन् । अहिलेका भोकलिस्ट स्वप्निल शर्माभन्दा अगाडि बसन्त श्रेष्ठ भोकलिस्ट रहेका थिए ।
त्यसै गरी पुस १५ गते दि एलिमेन्टस ब्याण्डले दर्शक नचाउने छन् । व्याण्डमा ईशान ओन्टा गायक, ड्रम्स्ममा दिपेश गुरुङ र गीतारमा रौनकसिंह अधिकारी रहेका छन् । उनीहरुले ‘अल्लारे’, बिर्सिने हाउ की, तसैला हिडे म, पुतली, सपनाको मायालु, लगाएतका गीतहरु प्रस्तुत गर्नेछन् ।
क्रिसमस पछि आउने अंग्रेजी नयाँ वर्षका लागि लक्षित गर्दै रेवान पोखराले २५ वर्ष देखि सडक महोत्सव गर्दै आएको छ । ५ दिन सम्म सञ्चालन हुने महोत्सवमा विदेशी र स्वदेशी पर्यटकहरु रमाउने गर्दछन् । सडक महोत्सवकै लागि पोखराका लेकसाइडका सडकहरु झकिझकाउ भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







