पुस ९ पोखरा । सुखावती स्टोर फाउन्डेशन नेपालले आफ्नो चौथो शाखा पोखरा महानगरपालिका वडा नं १७ पावरहाउसमा सञ्चालनमा ल्याएको छ ।
प्रयोग भैसके पनि पुनः प्रयोग गर्न मिल्ने सामाग्री सङ्कलन/प्रशोधन गरी न्युन मूल्यमा विक्री गरेर भएको आम्दानी परोपकारी काममा लगाउँदै आएको सस्थाले सन् २०१४ देखि सडकबाटै आफ्नो सेवा सञ्चालन गरेको थियो ।
सन् २०१६ मा कानुनी रुपबाटै नाफा वितरण नगर्ने संस्थाका रुपमा सेवा सुरु गरेको सुखावती स्टोरका काठमाडौंमा तीनवटा शाखा सञ्चालनमा आइसकेकोमा यही अक्टोबर ११ बाट पोखरा महानगरपालिका वडा नं १७ पावर हाउसस्थित डमरु मार्केटमा चौंथो नयाँ शाखा सञ्चालनमा ल्याइएको व्यवस्थापक चित्र दहालले जानकारी दिए ।
पोखरामा शाखा सञ्चालनमा ल्याएर मानव कल्याण, रोजगारी सिर्जना र खेर गैरहेको सामाग्रीको यथासम्भव पुनः प्रयोग गर्ने संस्कृतिलाई बढावा दिँदै वातावरणीय संरक्षणमा योगदान दिने अभियानमा पोखरेलीवासीको साथ र सहयोग मिल्ने विश्वास लिइएको उनले बताए ।
संस्थाकै आयोजनामा आज पोखरा महानगरपालिका वडा नं १७ पावरहाउस क्षेत्रमा चार टन भन्दा बढी फोहोर संकलन गरिएको छ ।
संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनका लागि सचेतना अभिबृद्धि गर्ने उद्देश्य राख्दै आज गरिएको सरसफाईमा ६० किलोग्राम तौलका ६८ वटा बोरामा चार हजार ८० किलोग्राम फोहोर संकलन भएको फाउन्डेशनका अध्यक्ष चिजमान गुरुङले जानकारी दिए ।
महेन्द्रपुल लगायत पोखराका विभिन्न स्थाबाट आएको फोहोर पावरहाउसमा आउने गरेको स्थानीयवासीबाट जानकारी पाइएको फाउन्डेशनका सचिव कमला गुरुङले बताइन् । फोहोरको ठाउँ ठाउँमानै उचित व्यवस्थापन भएरमा थुप्रिएर ठूलो मात्रामा नआउने भएकोले यसतर्फ राज्यको ध्यान पुग्न जरुरी रहेको उनको भनाइ छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







