पोखरा ११ पुस । सर्वेश्वर व्यवसायी समिति, पोखरा ४ गैह्रापाटनद्वारा भुकम्प पिडितलाई २५ लाख रुपैया बरावरको राहत वितरण गरिएको छ ।
गत कार्तिक १७ गते गएको भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर त्यहाँका भुकम्प पिडीतहरुलाई व्यवसायीहरुले राहत वितरण गरेका हुन् । जाजरकोटको वेलकोट गाउँ पालिका वडा नं ४ का करीब १५० पिडित परिवारलाई राहत वितरण गरिएको समितिका उपमहासचिव माधवराज बरालले जानकारी दिए ।
समितिका अध्यक्ष बालकृष्ण भण्डारीको नेतृत्वमा गएको टोलीले जाजरकोटको वेलकोट गाउँपालिका–४ का वडा अध्यक्ष विष्णु बहादुर राउत, पत्रकार हरिहर सिं राठौर, स्थानिय अगुवा आनन्द नेपालीको रोहवरमा एक कर्यक्रम गरी राहत वितरण गरिएको समितिका कार्यक्रम संयोजक सदस्य शिवप्रसाद भण्डारीले बताए । समितिले भुकम्प पिडितका लागी न्यानो लत्ता कपडा, जुत्ता चप्पल , स्कुल स्वेयटर, झोला , बिभिन्न खाद्य सामाग्री, बिस्कुट चाउचाउ लगायतका सामाग्री वितरण गरेको हो ।
यसका साथै सर्वेश्वर व्यवसायी समितिले बिभिन्न समयमा सामाजिक उत्तरदायित्व वहन गर्दै सामाजिक कार्यमा समेत कृयाशिल रहँदै आएको समितिका प्रथम उपाध्यक्ष तुल बहादुर थापाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







