पुस २५ पोखरा । अधिकृत बिक्रेता संघ पोखराको महासचिवमा दिलिपकुमार श्रेष्ठ सर्वसम्मत भएका छन् ।
संघको पोखरामा सम्पन्न १७ औं साधारणसभा तथा नवौं अधिवेशनले पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसमेत रहेका श्रेष्ठलाई महासचिवमा सर्वसम्मत चयन गरेको हो ।
संघको महासचिवमा निर्वाचित गराउने सम्पूर्ण प्रति उनले आभार व्यक्त गरेका छन् । संघको सचिवालय व्यवस्थित गर्दै व्यावसायिक हकहितमा सक्रिय बन्ने उनले प्रतिबद्धता जनाएका छन् ।
शनिबार पोखरामा भएको अधिवेशनबाट अध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्वाचित भए । यस्तै संस्थाको वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र पौडेल, उपाध्यक्षमा रवि सापकोटा, महासचिवमा दिलीपकुमार श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ, उपसचिवमा देवेन्द्र प्रजू, सहकोषाध्यक्षमा ज्ञानेन्द्रनाथ गौतम निर्वाचित भए ।
सदस्यमा अमृत सापकोटा, भेषराज चापागाईं, विजेन्द्र शर्मा पौडेल, बिनय राजभण्डारी, नवराज अधिकारी निर्वाचित भए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







