एक घर एक धारा कार्यक्रम प्रभावकारी बन्दै : मन्त्री अर्याल


     एभरेस्ट आवाज    
     पौष २८ गते २०८० मा प्रकाशित




पुस २८ पोखरा । गण्डकी प्रदेशका उर्जा , जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले जनतालाई खानेपानी सुविधा पु¥याउने लक्ष्यका साथ प्रदेश सरकारले एक घर एक धारा अभियानलाई निरन्तरता दिंदै आएको बताएकी छन् ।

पोखरा महानगरपालिका वडा नं. २० भलाम खोरस्थित इक्राघारी विचारी खानेपानी आयोजनाको आज उद्घाटन गर्दै उनले शुद्ध खानेपानी जनताको नैसर्गिक अधिकारलाई प्रभावकारी कार्यान्वयमा सरकार प्रतिवद्ध रहेको बताइन् ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेकी उनले गण्डकी प्रदेशमा गुणस्तरी खानेपानी पु¥याउन लगभग २२ अर्व रुपैयाको आवश्यक पर्ने उल्लेख गर्दै त्यसका लागि तीनै तहका सरकार जिम्मेवार भएर अघि बढ्नुको विकल्प नभएको बताइन् । प्रदेश सरकारले १० लाख भन्दा कमका योजनालाई प्राथमिकता नदिने निर्णय गरेको बताउँदै मन्त्री अर्यालले भनिन्, योजना सफलताका लागि स्थानीय उपभोक्ताको महत्वपूर्ण भूमिका रहन्छ ।

पूर्वमन्त्री एवम् प्रदेश सभासदस्य विन्दुकुमार थापाले जनताको आवश्यकताका आधारमा समग्र विकास निर्माणमा जुटेर प्रदेश सरकारको औचित्य पुष्टी गरेको बताइन् । पोखरा २० को सडक, खानेपानी, स्वास्थ्य एवम् स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले १६ करोड लगानी गरेको जानकारी दिए ।

पोखरा २० का वडाअध्यक्ष गंगावहादुर खत्रीले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य एवम कार्यालय भवन निर्माण लगायतमा तीनै तहका सरकारबाट २२ करोड रुपैया बराबरका निर्माण कार्य भई रहेको बताए । विकास निर्माणमा स्थानीयवासिन्दाको सहभागिता प्रभावकारी रहने उनको विश्वास थियो ।

गण्डकी प्रदेश सरकारको एक करोड ८ लाख ४८ हजार र १० लाख ८४ हजार ८०० स्थानीय जनश्रम परिचालन गरि कूल एक करोड १९ लाख ३२ हजार ८०० को लागतमा सो खानेपानी आयोजना निर्माण सम्पन्न भएको कार्यक्रममा खानेपानी डिभिजन कार्यालय स्याङजाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

आर्थिक बर्ष २०७७। ०७८ निर्माण शुरु गरिएको उक्त आयोजना निर्माण सम्पन्न भएसंगै ९० घरका ४५० उपभोक्तालाई खानेपानीको सुविधा पुगेको ईक्राघारी विचारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार वस्ती भन्दा एक हजार ७०० मिटर लम्वाईमा जंङगलको बीच भागबाट दुई इञ्चको पाईपमार्पmत ल्याइएको पानी ५० हजार र ३०। ३० लिटर क्षेमताका तीन वटा पानी टंकीमा संकलन गरिएको पानी उपभोक्ताका घरघरमा वितरणको व्यवस्था मिलाईएको छ । कार्यक्रममा आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा खानेपानी संकलन टंङकी निर्माणका लागि निशुल्क जग्गा उपलव्ध गराउने जग्गादाता र निर्माण कार्यमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

महेन्द्र माध्यामिक विद्यालयका छात्रछात्राबाट नृत्य प्रस्तुत गरिएको कार्यक्रमा उपभोक्ता समितिका सचिव प्रजापति पौडेल, कोषाध्यक्ष माया जिसी, संगिता भण्डारी लगायतले खानेपानीको महत्व र आयोजना सम्पन्न भएपछि पुगेको सुविधाका बारेमा चर्चा गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।