पोखरा महोत्सवमा आज ज्योति मगर र सुगम पोखरेल आउँदै


     एभरेस्ट आवाज    
     माघ ७ गते २०८० मा प्रकाशित




पोखरा । पोखरामा जारी बाह्रौं पोखरा महोत्सवमा आज एघारौं दिनमा प्रवेश गरेको छ । महोत्सवमा आज लोकदोहोरीतर्फ ज्योति मगर र साँझको लाइभ ब्याण्डतर्फ सुगम पोखरेलको विशेष प्रस्तुती रहने आयोजक यूनाइटेड क्लवले जनाएको छ ।

भोलि लोकदोहोरीतर्फ ज्योति मगरसहित जिवन दाहाल, कृष्ण अखेली, शिवहरी ढुंगाना, रामजी पौडेल, सानु बिकास, गंगा पौडेल, पारु गुरुङ, बत्ती थापा लगायतको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्डमा सुगम पोखरेलको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

यस्तै महोत्सव अन्र्तगत विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको फाइनल दिनको एक बजे हुने प्रतियोगिताका संयोजक विष्णु गुरुङले जानकारी दिए । उनका अनुसार बेसलाइन एकेडेमी, सरस्वती आवासिय मावि, मेरिगोल्ड र ज्ञानज्योती विद्या सदनविच उपाधीका लागि प्रतिस्पर्धा हुँदै छ ।

महोत्सवमा बाल उद्यान, घरायसी सामाग्री, लत्ताकपडा, श्रृङगारका सामाग्री, भेषभूषामा तस्विर खिचाउने, घोड सवार, भिआर, याक हेर्नेको भीड लाग्ने गरेको छ । महोत्सवको टिकट घरमै बसेर रेभल एप मार्फत समेत दर्शकहरुले टिकट काट्न सकिने र टिकटमा समेत विशेष उपहार प्रदान गरिरहेको समेत सुनारले जानकारी दिए ।

‘युवाको जाँंगर राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित युनाइटेड क्लव पोखराको आयोजनामा गत पुस २६ गतेदेखि शुरु भएको महोत्सव माघ ८ गतेसम्म सञ्चालन हुँदैछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।