सरस्वती मन्दिर निर्माणमा नेपाल बैंकको आर्थिक सहयोग


     एभरेस्ट आवाज    
     फागुन २ गते २०८० मा प्रकाशित




पोखरा । पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पसमा निर्माण हुन लागेको सरस्वती मन्दिरका लागि नेपाल बैंक लि. ले आर्थिक सहयोग गरेको छ ।
बुधबार बसन्त पञ्चमीको अवसरमा क्याम्पसमा आयोजित सरस्वती मूर्ति प्रतिष्ठा, रुद्राभिषेक एवं सरस्वती पुजाको कार्यक्रममा बैंकले संस्थागत उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग गरेको हो ।

देशकै अग्रणी शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसको हाताभित्र सरस्वती मन्दिर निर्माणार्थ ५ लाख रुपैयाँ मन्दिर निर्माण समितिलाई हस्तान्त्रण गरिएको नेपाल बैंक लि. बगर शाखाका प्रमुख विनोद सापकोटाले जानकारी दिए ।

उनले भने, ‘क्याम्पस परिसरमा विद्याकी देवी सरस्वतीको मन्दिर निर्माण गर्दा विद्यार्थी तथा शिक्षक वर्गमा सकारात्मक उर्जा प्रदान पनि हुने, अभिभावक तथा स्थानीयमा साँस्कृतिक महत्वको सकारात्मक प्रभाव पर्ने देखिएको हुनाले हामीले सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेका हौं ।’

बैंकको प्रधान कार्यालय सुशासन डिभिजनको स्वीकृतिमा संस्थागत उत्तरदायित्व अन्र्तगत बगर शाखा मार्फत उक्त सहयोग हस्तान्त्रण गरिएको उनले बताए । बैंकले संस्थागत उत्तरदायित्व अन्र्तगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।