पोखराको अटोवेजले थप्यो एथर स्कुटर


     एभरेस्ट आवाज    
     फागुन १२ गते २०८० मा प्रकाशित




पोखरा । पोखराको अटोवेज प्रा.लि.ले एथर इलेक्ट्रिक स्कुटरपनि थपेको छ । पोखरामा टोयोटा गाडीको डिलरको रूपमा बिगत दुई दशकदेखि सेवा दिइरहेको आटोवेज प्रा. लि ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन एथर स्कुटरको आधिकारीक बिक्रेताका रुपमा थप गरेको हो ।

बैद्य अर्गनाइजेशनको सहायक कम्पनी ’बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसंगै काठमाडौँ र ललितपुर पछि पोखराको नयाँबजारस्थित अटोवेजले यस क्षेत्रको आधिकारिक बिक्रेताका रुपमा उक्त स्कुटर भित्र्याएको हो ।

भारतको चर्चित इलेक्ट्रीक स्कुटर पछिल्लो समय नेपाली बजारमा माग बढिरहेको छ ।

पोखरामा पहिलो डिलरसंगै सेर्भिस स्टेशन पाउनुको साथै दुई चार्जिङ स्टेशन पहिले नै स्थापित भएका छन्, जुन आटोवेज भवन केन्द्रमा र लेकसाइड केन्द्रमा रहेका छन् । थप दुई चार्जरहरू शीघ्र सञ्चालन गरिने वैद्य एनर्जीको प्रमुख कार्यकारी अधिकृत सुर्यंश वैद्यले जानकारी दिए । उनले भने,“हामी आटोवेज प्रा. लि. संग सहकार्य गरि एथेर एनर्जीलाई सहकार्य गरि एथेर एनर्जीलाई पोखरामा ल्याउन उत्साहित छौं ।”

एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् ।

एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिनुका साथै ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।