पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव


     एभरेस्ट आवाज    
     फागुन १६ गते २०८० मा प्रकाशित




पर्वतमा ‘तेस्रो राष्ट्रिय मगर महोत्सव’ मङ्गलबारदेखि सुरु भएको छ । ४२औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लब पर्वतले महोत्सव आयोजना गरेको हो ।

यही फागुन २६ गतेसम्म सञ्चालन हुने महोत्सवको पूर्वस्वास्थ्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उद्घाटन गरेका छन ।

महोत्सव उद्घाटन गर्दै प्रमुख सचेतक गिरीले मुलुकको आर्थिक अवस्था विस्तारै सुधार हुँदै जाने दाबी गरे । इतिहासको कालखण्डमा नेपालको अर्थतन्त्र सबैभन्दा नाजुक अवस्थामा पुगेको बताउँदै उनले विस्तारै अर्थतन्त्र चलायमान हसँदै गएकाले आर्थिक अवस्था पनि सुधार हुँदै जाने बताए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीले विश्वका विकसित देशहरु पनि आर्थिक सङ्कटपछि विकासको चरम गतिमा अघि बढेका भन्दै नेपाल पनि अब आर्थिक हिसाबले समृद्ध बन्दै जाने बताए । सबै राजनीतिक दलहरु एकजुट भएर मुलुकको विकास र समृद्धिमा लाग्नुपर्ने उनको भनाइ थियो ।

“मुलुकमा सङ्कट आइपरेका बेला सबै दलहरु एकजुट हुन आवश्यक छ । अहिलेको आर्थिको मन्दिको सामना गर्नका लागि सरकारले उचित कदम चाल्नुपर्ने हुन्छ । देशका सबै जिम्मेवार दल, नागरिक समाज एकजुट भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने समय आएको छ”, सांसद गिरीले भने ।

मगर समुदायको पहिचान र संस्कृतिलाई जगेर्ना गर्नका लागि यो महोत्सव महत्वपूर्ण रहेको भन्दै महोत्सवलाई सफल बनाउन सबैले सहयोग गर्न उनले आग्रहसमेत गरे।

महोत्सवमा विभिन्न व्यावसायिक, कृषि तथा घरेलु उद्यमका दुई सय २० स्टल राखिएका छन् । महोत्सवमा प्रवेशका लागि सर्वसाधारणलाई रु एक सय, विद्यार्थीका लागि रु ६० को टिकट र वृद्धका लागि निःशुल्क व्यवस्था गरिएको छ । महोत्सवमा विभिन्न विधाका ६० भन्दाबढी कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सव उद्घाटन पूर्व कुश्मा बजारमा विभिन्न जातजाति, समुदाय र संस्कृतिका भेषभूषासहित ¥याली प्रदर्शन गरिएको थियो । ‘कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यबद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा मुख्य प्रतिबद्धता’ भन्ने मूलनाराका साथ सुरु गरिएको महोत्सवमा मोफसलको सबैभन्दा ठूलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृर्तीय पुरस्कार क्रमशः रु दुई लाख दुई हजार दुई सय २२, रु एक लाख एक हजार एक सय ११ र रु ५० हजार एक हजार ११ रहेको छ ।

त्यस्तै, पालिकास्तरीय विभिन्न प्रतियोगिताअन्तर्गत महिला भलिबल, प्रौढ भलिबल, पुख्र्यौली नाच, रत्यौली र लोकभजन प्रतियोगिता आकर्षणको रुपमा रहेका छन् ।

महोत्सवमा रु ५५ लाख खर्च र रु ७५ लाख आम्दानी हुने अपेक्षा गरिएको आर्थिक संयोजक गणेश पुनले जानकारी दिए । उनका अनुसार मगर समुदायको पहिचानका रुपमा रहेका सोरठी, सालैजो, यानिमाया, सुनिमाया लगायतको प्रस्तुतिसमेत रहने छन् ।

बञ्जी, जीपलाइन, केवुलकार, झोलुङ्गे पुलको अवलोकन, हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।