पोखरा फाईनान्सको वार्षिकोत्सवमा ४७ यूनिट रगत संकलन


     एभरेस्ट आवाज    
     चैत्र २ गते २०८० मा प्रकाशित




चैत २ पोखरा । पोखरा फाईनान्स लिमिटेडले आफ्नो २७ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४७ यूनिट रगत संकलन भएको छ ।

पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाईनान्सको २७ औं वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदानमा ४७ जनाले रक्तदान गरेका हुन् ।

२०५३ सालदेखि बैंकिङ कारोबार शुरु गरेको फाईनान्सले देशका विभिन्न ठाउँका २४ वटा शाखा, १ एक्स्टेन्सन काउण्टर र ४ वटा एटिएम मार्फत सेवा प्रवाह गरिहेको फाईनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।

फाईनान्सले आधुनिक प्रविधियुक्त बैकिङ सुविधासंगै संस्थागत सामाजिक उत्तरदायित्वका कामहरुमा समेत सहभागी भईरहेको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।