पोखरा, चैत ६
चौधरी फाउण्डेसनले पोखराको रेन्वो चिल्ड्रेन होम नेपाललाई सहयोग गरेको छ । फाउण्डेसनले रेन्वो चिल्ड्रेन होमलाई खाद्यान्न सहयोग गरेको हो । फाउण्डेसनले मंगलबार ८ बोरा चामल, १ बोरा दाल, १ कार्टुन तेल र ३ कार्टुन चाउचाउ रेन्वो चिल्ड्रेन होमकी सञ्चालिका गोमा ढकाललाई हस्तान्तरण गरेको हो ।
पोखरा महानगरपालिका वडा नम्बर–६ स्थित रेन्वो चिल्ड्रेन होममा १५ बालिका र ११ बालक गरेर कुल २८ जना बालबालिका आश्रित छन् । त्यसबाहेक ३२ जना बालबालिकालाईपनि आर्थिक सहयोग गर्दै आएको छ । उनीहरु बाहिरै बसेर अध्ययन गर्छन् । जसका लागि मासिक ६ लाख खर्च हुने गरेको सञ्चालिका ढकालले जानकारी दिईन् । उनका अनुसार चिल्ड्रेन होममा अहिले मन्दीको असर परेको छ । पहिलेका सहयोगीहरुले हात झिक्नुका साथै भिजिटर कम हुँदा सहयोग दाताहरुपनि कम भएको उनले बताईन् । ‘विदेशबाट आउने सहयोगपनि घटेको छ, अनि यहिंका भिजिटरपनि घट्दा चिल्ड्रेन होम चलाउन हम्मेहम्मे परेको छ’–उनले भनिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







