पोखरा । वर्खायाम नजिकिदै आउँदा पोखरा महानगर पालिका वडा नं. १९ मा स–साना योजनाका निर्माणले गति लिएका छन ।
वडा तथा महानगर स्तरिय टुक्रे योजना असार मसान्त अघि नै सम्पन्न गर्ने लक्ष्यका साथ उपभोक्ता समितिले कामलाई तिव्रता दिएका हुन् । वर्षायाममा काम गर्न समस्या हुने तथा निर्माण सामाग्री ढुवानीमा समेत समस्या हुने भएपछि समितिको क्रियाशिलता बढेको वताईएको छ ।
पोखरा महानगर पालिकावाट विनियोजित रकमवाट घार्मीको राम्चे, काउलेपानी हुदैं मैदान जोड्ने सडक निर्माणले पछिल्लो समय गति लिएको छ । केही समय अघिसम्म सुस्त गतिमा काम भएको उक्त योजनामा हाल निर्धारित समय अगावै सक्ने गरी निर्माण कार्यलाई तिव्रता दिईएको राम्चे, काउँलेपानी हुदैं मैदान जोड्ने सडक उपभोक्ता समितिका अध्यक्ष पोषराज पौडेलले जानकारी दिए ।
विचमा कामदारको अभाव तथा निर्माण सामाग्री ढुवानीमा समस्याका कारण निर्माण कार्य सुस्त भएको भन्दैं उहाँले अहिले समितिका सदस्यकै अग्रसरता तथा दैनिक गरिने अनुगमनका कारण कामले तिव्रता पाएको बताए । राम्चेदेखि मैदानसम्म ३ कि.मी भएता पनि हाल नाला सहितको ढलान ३सय मिटर गरिने जसमा १ सय मिटर रड सहितको ढलान हुने, २ ठाउँमा १५÷१५ मिटरका कज वे र १ सय ५० घनमिटरको ग्याविन निर्माण गरिने उपभोक्ता समितिले जनाएको छ ।
उक्त कार्यका लागी महानगर र उपभोक्ता समितिवाट समेत गरी करिव ५५ लाख वजेट विनियोजन भएको छ । जेष्ठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम गरिएको सचिव रामप्रसाद पौडेलले बताए ।
निर्माणधिन कार्यको वडाध्यक्ष पुष्पेन्द्र पाण्डे सहितको प्राविधिक टोलिले निरीक्षण समेत गरेको छ । निरिक्षण पछि वडाध्यक्ष पाण्डेले वर्षायाम अघि नै कार्य सम्पन्न गर्न र कामको नियमित अनुगमन गरी गुणस्तरीय काम गर्न समितिलाई सुझाव दिए ।
सो सडक निर्माण पछि त्यस भेगका अधिकांश बासिन्दा लाभाम्वित हुने छन् । स्थानियले वाँकी खण्ड पनि छिट्टै निर्माणका लागि आवस्यक वजेटको व्यवस्था गर्न वडा तथा महानगरको ध्यानाकर्षण गराएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







