पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि, अन्य इन्धनको भाउ यथावत्


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०८० मा प्रकाशित




चैत १८ पोखरा । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । सोमबारदेखि लागु हुने गरि निगमले पेट्रोलको मूल्य प्रतिलिटर मूल्य रु ४ वृद्धि गरेको हो ।

इण्डियन आयल कर्पोरेशनबाट आइतबार ४।७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि मृल्य बढाएको निगमले जनाएको छ ।

मूल्य बढेसंगै अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पर्ने भएको छ ।

निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।