पोखरामा मात्रै २० लाख पर्यटक भित्र्याउन सकिन्छ : पर्यटन परिषद अध्यक्ष श्रेष्ठ


     एभरेस्ट आवाज    
     चैत्र २९ गते २०८० मा प्रकाशित




पोखरा । पोखरामा मात्रै वार्षिक २० लाख पर्यटक भित्र्याउन सकिने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले बताएका छन् ।

होटल संघ पोखरा नेपालको आयोजनामा आजदेखि शुरु भएको तीन दिने १९ औं फेवा नव बर्ष महोत्सवको उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

पोखरामा अहिलेपनि वार्षिक १० लाख पर्यटक पोखरा आउने गरेको दावी गर्दै संघ, प्रदेश र स्थानिय सरकारले स्पष्ट योजना ल्याएर सहकार्य गरेमा २० लाख पर्यटक पोखरामा भित्र्याउन कुनै समस्या नहुने उनको भनाई थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।