पोखरा । बागलुङको निसीखोला गाउँपालिकाको आयोजनामा एक महिने आधारभुत झोला उत्पादन सिपविकास तालिम आज सम्पन्न भएको छ ।

गाउँपालिकाले लघुउद्यमशीलता प्रवद्र्धन गर्ने तथा स्थानियलाई स्वरोजगार बनाउने उद्धेश्यले वडा नं. ४ मा एकमहिना अगाडी आयोजना गरेको तालिमको आज औपचारिक रुपमा समापन गरिएको हो ।

स्थानिय स्तरका महिलाको सिपलाई व्यवसायमा रुपान्तरण गर्न गाउँपालिकाले समग्र निसीखोलामै विभिन्न सिपविकाको योजना गरिरहेको प्रशासकिय अधिकृत जीवन पुनमगरले जानकारी दिए ।
उनका अनुसार नयाँ आर्थिक वर्ष पछि पालिकाको ७ वटै वडाका स्थानिय महिलामा भएको सिपको पहिचान गरि उनीहरुलाई त्यहि अनुरुप तालिम प्रदान गरिने छ । झोला बुन्ने तालिममा १० जना महिलाको सहभागिता रहेको थियो ।
साथै अहिले वडा नं. २ मा ४५ दिने स्विटर बुन्ने तालिम जारी रहेको छ । तालिमबाट निर्माण भएका वस्तुलाई स्याम्पलका रुपमा प्रयोग गरि आउदो दिनमा यसलाई थप विकास तथा लघु उद्यमका कार्यक्रम विस्तार गरि बजारीकरणको लागी के-कस्तो व्यवस्थापन गर्ने भन्ने योजना गरिने अधिकृत पुनमगरले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







