पोखरा । पोखराको न्यूरोडपस्थित डिजिटल साउण्ड एण्ड भिजन प्रा.लि.ले वार्षिकोत्सवको अवसरमा सामान खरिदमा विशेष छुट दिने भएको छ ।
विभिन्न विद्युतिय सामानहरुको बिक्री वितरण गर्दै आइरहेको डिजिटल साउण्ड एण्ड भिजनले आफ्नो ३३ औैं वार्षिकोत्सवको अवसरमा विभिन्न विद्युतिय सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुट दिने भएको हो ।
बुधबार वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका विच असार महिनाभर सामान खरिद गर्ने ग्राहकहरुलाई ५ देखि ५० प्रतिशत छुट दिने गरि योजना ल्याएको प्रा.लि.का प्रबन्ध निर्देशक मनोहर श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हामीले पोखरामा विगत ३३ वर्षदेखि इलेक्ट्रिक्लस् सामानहरुको बिक्री वितरण गर्दै आइरहेका छौं । अहिले वार्षिकोत्सवको अवसरमा इलेक्ट्रिक्लस् सामानहरुको खरिदमा ५ देखी ५० प्रतिशतसम्म छुटका योजनाहरु अगाडी सारेका छौं ।’
एलजी, सीजी, सहित विभिन्न ब्राण्डहरुका घरयासी इलेक्ट्रिक्लस् सामानको होलसेल मूल्यमानै बिक्री गर्दै आइरहेको प्रा.लि.ले गर्मी मौसमलाई मध्यनजर गर्दै पंखा, फ्रिज, र एसीको खरिदमा समेत विशेष छुट दिइरहेको प्रबन्ध निर्देशक श्रेष्ठले जानकरी दिए ।

यसअघि पोखराको महेन्द्रपुलमा न्यू साउण्ड एण्ड भिजनका नामबाट सञ्चालन भएको प्रा.लि. विगत ११ वर्षदेखि न्यूरोडस्थित न्यूरोड प्लाजामा स्थानान्तरण भएपछि डिजिटल साउण्ड एण्ड भिजन प्रा.लि.का नामबाट सञ्चालनमा रहेको प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







