दर्शन सहकारीमा सहकारी अभिमुखिकरण कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     असार २५ गते २०८१ मा प्रकाशित




पोखरा । दर्शन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा पोखरा १७ मा रहेको नेपाल ठकुरी संगम परिवार कास्कीको हलमा सहकारी संबन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारीको बारेमा चेतना फैलाउन सहकारी अभिमुखिकरण कार्यक्रम गरेको उक्त सहकारीका अध्यक्ष राजाराम शाहीले जानकारी दिए।

कार्यक्रममा प्रशिक्षक भेषराज बरालले सहकारीमा हरेकको आवश्यकता भएको बताउदै कार्यक्रम अवधिभर सहकारीको अवधारणा सम्बन्धी कुराहरु जानकारी गराएका थिए ।

साथै प्रशिक्षक बरालले सहकारीको सञ्चालक समिति , लेखा तथा सुपरिवेक्षण समिति, ऋण तथा लगानी समितिका काम, कर्तव्य तथा सहकारी ऐनका बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष शेर बहादुर उच्चै , नेपाल ठकुरी महिलाका अध्यक्ष सरस्वती हमाल , नेपाल ठकुरी भुपु परिवार कास्कीका अध्यक्ष फम सिंह नेपाल ठकुरी युवा परिवार कास्कीका सचिव मोहन शाही , दर्शन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति , लेखा तथा सुपरिवेक्षण समिति, ऋण तथा लगानी समिति लगाएतको उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।