कृषि

पर्वतमा धानबालीमा फड्के कीराको सङ्क्रमण

पर्वतको पैँयु र विहादी गाउँपालिकाका विभिन्न वडामा धानबालीमा फड्के कीराको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । धान फलेर पाक्ने बेलामा फड्के कीराको सङ्क्रमण बढेपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार कृषि प्राविधिकको स्थलगत अनुगमनका क्रममा ती क्षेत्रमा कीराको आक्रमणका कारण धानबालीमा व्यापक क्षति पुगेको पाइएको छ । फड्के कीराको बयस्क र बच्चा दुवै चरणले धानको पातको फेदबाट रस चुस्ने हुँदा बोटका पात पहेँलो हुने, फोस्रा दाना लाग्ने र उत्पादनमा उल्लेख्य गिरावट आउने खतरा रहेको केन्द्रले जनाएको छ… पुरा पढौ

यसवर्ष पोखरा क्षेत्रमा धानको उत्पादन बढ्ने अनुमान

यसवर्ष पोखरा महानगर क्षेत्रमा धानको उत्पादन बढ्ने भएको छ । धानका लागि मौसम अनुकूल रहनुका साथै फाँटमा धानबाली सप्रिएकाले उत्पादन बढ्ने अनुमान गरिएको हो ।पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसवर्ष गत वर्षको तुलनामा धानको उत्पादन बढ्ने अनुमान गरिएको बताए । उनका अनुसार पोखरा महानगर क्षेत्रमा वार्षिक ३८ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ । स्थानीय जातको धान प्रवर्द्धन गर्ने उद्देश्यका साथ महानगरले बर्सेनि पोखरेली जेठोबूढो धानको बीउ अनुदानमा वितरण गर्दै आएको जानकारी दिँदै उनले यस वर्ष… पुरा पढौ

ठूलाकोट कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न

पोखरा–२८ कालिकामा रहेको ठूलाकोट कृषि सहकारी संस्था लिमिटेडको १६औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले यहाँका बासिन्दा कृषि क्षेत्र केन्द्रित रहेको हुनाले कृषि सहकारीको ठूलो महत्व रहेको बताउँदै ठूलाकोट कृषि सहकारीले उत्कृष्ट काम गरिरहेको बताए । वडा अध्यक्ष लामिछानेले कृषिमा राज्यले ठूलो अनुदान खर्च गरिरहेकोले पोखरा २८ मा कृषि सहकारी मार्फत सहकार्य गरेर काम गर्नको लागि वडा कार्यालय सकारात्मक रहेको बताए । सहकारीका अध्यक्ष श्याम प्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको सधारणसभामा… पुरा पढौ

सयपत्री फूलमा आत्मनिर्भर बन्दै पोखरा, काठमाडौँ महानगरभित्र विदेशी फूल प्रतिबन्धित

नेपालीको दोस्रो ठुलो पर्व तिहारमा मालाका लागि प्रयोग गरिने सयपत्री फूलमा पोखरा आत्मनिर्भर बन्दै गएको छ । विगतमा तिहारका लागि पोखरामा ठूलै मात्रामा फूल बाहिरबाट आउने गरेकामा पछिल्ला वर्षमा त्यो क्रम क्रमशः घट्दै गएको छ । पछिल्ला वर्षमा घरका लागि आवश्यक हुने फूल अधिकांशले घरघरमा नै तयार गर्नाका साथै यस क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने क्रम बढेसँगै पोखरा सयपत्री फूलमा आत्मनिर्भर बन्दै गएको हो । सयपत्री फूलप्रतिको आत्मनिर्भरता बढाउने उद्देश्यले पोखरा महानगरपालिकाले विगत तीन वर्ष यता फूलको बीउ वितरणलगायतमा अनुदान सहयोग… पुरा पढौ

नौ वर्ष बित्दा पनि बनेन चिस्यानगृह

पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यान गृह विगत नौ वर्षदेखि अधुरो छ । आर्थिक वर्ष ०७३÷७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यानगृहले पूर्णताः पाउन नसकेको हो । बेमौसमी फलफूल र सागसब्जी ताजा राख्न चिस्यानगृह निर्माण थालिएको थियो । सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो । स्थानीय खेमबहादुर हमाल र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको चिस्यानगृह एक तला बनेपछि अलपत्र अवस्थामा अधुरो छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा चिस्यानगृह… पुरा पढौ

मालपोत कार्यालयको श्रेस्ता सम्बन्धी सूचना अव्यवहारिक भएको पोखरा उद्योग वाणिज्य संघको ठहर

जिल्ला मालपोत कार्यालय कास्कीले हिजो जारी गरेको सूचना अव्यवहारिक भएको भन्दै पोखरा उद्योग वाणिज्य संघले सच्याउन माग गरेको छ। संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा महासचिव शोभा गौतम तथा उपमहासचिव सुदीप प्रधानाङ्गसहितको प्रतिनिधिमण्डलले मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पोख्रेललाई ज्ञापनपत्र बुझाउँदै जग्गाको श्रेस्ता कायम गर्नका लागि भन्दै जारी सुचना सच्याउन आग्रह गरेको हो । बुधबार जग्गाधनीले आफ्नो जग्गाको दर्ता स्रेस्ता पुनः कायम गर्नका लागि जग्गा रहेको स्थानीय तहबाट भोगसम्बन्धी किटानी सिफारिस, स्थायी ठेगाना भएको स्थानीय तहको जग्गाधनीको तीनपुस्ते खुलेको फोटो… पुरा पढौ

कृषकको मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

तनहुँको आँबुखैरेनीका कृषक मादले काँक्रोखेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय मादले काँक्रोले बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । यसपटक मात्रै यहाँका छवटा कृषक समूहमा आबद्ध कृषकले काँक्रो बिक्री गरी रु छ लाख ३५ हजार आम्दानी गरेका छन् । आँबुखैरेनी गाउँपालिका–५ लाब्दी भोटेश्वाराका वीरबहादुर गुरुङले काँक्रो उत्पादन र बजारीकरणमा गाउँपालिकाले सहयोग गरेपछि आम्दानी बढेको बताए । उनले यस वर्ष आफूले पनि काँक्रो बिक्री गरी रु ४० हजार ५०० आम्दानी गरेको बताए। गुरुङले ५० बोट काँक्रोका बिरुवा… पुरा पढौ

म्याग्दीको सिंगामा उत्पादित दूध पोखरामा

म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा उत्पादन भएको दूध पोखरामा ल्याउन थालिएको छ । गाउँमा उत्पादन भएको दूध स्थानीय बजारमा खपत हुन नसकेपछि बास्कुना कृषि सहकारीले दूध सङ्कलन गरेर पोखराको सुजल डेरी उद्योगलाई बिक्री गर्न थालेको हो । वडा कार्यालयको पहलमा कृषि सहकारी र सुजल डेरी प्रालिबीचमा दूध उत्पादन तथा खरिदबिक्रीको सम्झौता गरी म्याग्दीबाट पहिलोपटक व्यावसायिक रुपमा दूध पोखरा ल्याउन सुरु गरिएको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिए । म्याग्दीको स्थानीय बजारमा गाईको दूध खपत नहुने भएपछि सहकारीले कृषकहरुबाट दूध सङ्कलन गर्ने… पुरा पढौ

मुस्ताङका किसान फापर थन्क्याउन व्यस्त

मुस्ताङका किसानहरूले दशैँ सकिएसँगै फापर बाली थन्क्याउन थालेका छन्, जसलाई स्थानीय रूपमा लोकप्रिय खाद्य बालीको रूपमा लिइन्छ। किसानहरूले घर प्रयोजन, धार्मिक कार्य, व्यापार र विदेशमा बस्ने आफन्तलाई कोसेली पठाउन फापर खेती गर्छन्।जलवायु परिवर्तनका कारण फापर बालीमा समस्या देखिएको छ, तैपनि स्थानीय सरकारले यसको संरक्षणका लागि कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। मुस्ताङ । मुस्ताङका किसान दशैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाअन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न व्यस्त भएका हुन्… पुरा पढौ

कास्कीमा पहिलो पटक कोदो रोपाईं महोत्सव हुँदै

पोखरा, साउन १४ कास्कीमा पहिलो पटक कोदो रोपाईं महोत्सव हुने भएको छ । राष्ट्रिय कोदो दिवसको दिन यहि साउन १६ गते शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश र माछापुच्छ्रे गाउँपालिकाको संयुक्त आयोजनामा प्रथम कोदो रोपाईं महोत्सव–२०८२ हुने भएको हो । माछापुच्छ«े गाउँपालिका वडा नम्बर–४ लाहाचोक गाउँपालिका कार्यालय भन्दा ६० मिटर उत्तरतर्फको रोपनी क्षेत्रफलमा हुने नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले जानकारी दिए । शुक्रबार पूर्वाह्न १० बजेदेखि रोपाईं शुरु हुने उनले बताए । रोपाईं… पुरा पढौ