कृषि

खाल्टे मसिनामा किसान महासंघको रोपाईं महोत्सव

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड भएको बताएका छन् । नेपाल किसान महासंघ कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं। १४ को समन्वयमा खाल्टेमसिनामा आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उनले यस्तो बताएका हुन् । “धान जीवन, संस्कृति र आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो । माटो बचाऊ, धान फलाऊ भन्ने मूल नाराको मर्म आत्मसात गर्दै कृषि पेसाप्रति सम्मान र प्रवद्र्धन गर्न आवश्यक छ ।”,उनले भने ।… पुरा पढौ

पोखरा महानगरले ल्यायो ८ अर्ब ३५ करोडको बजेट, पर्यटन पूर्वाधारमा जोड

पोखरा, असार ८ पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करीब साढे ८ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा उप प्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८२÷०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षको बजेट भन्दा ८३ करोड ८० लाख रुपैयाँले बढी हो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा पोखरा महानगरपालिकाले ७ अर्ब ५१ करोड ३२ लाखको बजेट ल्याएको थियो । तर जेठ मसान्तरसम्म ४ अर्ब १६… पुरा पढौ

गण्डकीमा ३२ अर्बको बजेट, प्राथमिकतामा पूर्वाधार र पर्यटन

पोखरा, असार १ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करीब ३२ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री डा.टकराज गुरुङले आज प्रदेश सभा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आर्थिक वर्षको भन्दा करीब एक अर्ब कम हो । चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट कार्यान्वयन भइरहेको छ । गण्डकीको बजेटमा चालुतर्फ १२ अर्ब ६३ करोड, ६६… पुरा पढौ

गण्डकीमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई २ अर्ब ८ करोड बजेट

पोखरा, असार १ गण्डकी प्रदेश सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई २ अर्ब ८ करोड ६७ लाख ५० हजार रुपैयाँको विनियोजन गरेको छ । प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङ कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि सो बजेट विनियोजन गरेको बताएका हुन् । उनले कृषि क्षेत्रको व्यवसायीकरणसँगै उत्पादन र उत्पादकत्व बृद्धि केन्द्रीत बजेट विनियोजन गरेको बताए । पुरा पढौ

अन्तर्राष्ट्रिय जैविक बिबिधता दिवस – २०२५ र नेपालमा यसको सान्दर्भिकता

आज सन् २०२५ मे २२ तारिख, ‘अन्तर्राष्ट्रिय जैविक विविधता दिवस’ । सम्पूर्णमा हार्दिक शुभकामना ।  पृष्ठभूमि सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा पृथ्वी सम्मेलनको आयोजना भएको थियो । त्यस सम्मेलनमा विश्वका सहभागी राष्ट्रहरूले मे २२ तारिखका दिन जैविक विविधता महासन्धि (Convention on Biological Diversity - CBD) पारित गरी नेपाल लगायत सबैले सो महासन्धिमा हस्ताक्षर गरेका थिए ।त्यसैको कार्यान्वयन पक्षलाई निरन्तरता दिदै सन् २००० डिसेम्बर महिनामा बसेको संयुक्त राष्ट्र संघको साधारणसभाले बार्षिकरूपमा अन्तर्राष्ट्रिय जैविक बिबिधतादिवस मनाउने निर्णय गर्यो । त्यस यता प्रत्येक बर्ष जैविक बिबिधता दिवस मनाइदै आइएको छ । यस दिवसको मुख्य उद्देश्य जैविक विविधताको महत्त्व र यसको संरक्षणको आवश्यकताको बारेमा आम जनचेतना फैलाउनु हो । प्रत्येक बर्ष यसको नारा (Theme) फरक फरक हुने गर्छ । सन् २०२५ को नारा "प्रकृतिसँग सद्भाव र दिगो विकास" (Harmony with Nature and Sustainable Development) भन्ने रहेको छ । सन् २०२२ मा संयुक्त राष्ट्र संघका पक्षधर राष्ट्रहरूको… पुरा पढौ

गुर्जामा सामूहिक तरकारीखेती

म्याग्दीको धवलागिरि गाउँपालिका(१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा लिएर सामूहिक रूपमा व्यावसायिक तरकारीखेती सुरु गरेका हुन् । करिब चार रोपनी जग्गा भाडा लिएर २१ जनाले बन्दा, खुर्सानी, गोलभेँडालगायत तरकारीखेती सुरु गरेका प्रगति लघुउद्यमी समूहका अध्यक्ष रेशकुमारी छन्त्यालले बताए । ‘गुर्जामा आवश्यक पर्ने ताजा तरकारी आपूर्तिका लागि सामूहिक खेती गरिएको हो’, उनले भने, ‘तरकारी आयात घटाउने, स्थानीयवासी र गुर्जा घुम्न आउने पर्यटकलाई ताजा र अर्ग्यानिक… पुरा पढौ

तनहुँको श्याम्घामा पचास रोपनीमा अदुवाखेती

एक सय ३६औँ अन्तरराष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी .(माओवादी केन्द्र)को भ्रातृ सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घले पचास रोपनीमा अदुवाखेती प्रारम्भ गरेको छ । यसको आरम्भ पार्टी केन्द्रीय सदस्य आशा कोइरालाले गरेकि हुन । जिल्लाको व्यास नगरपालिका–६ श्याम्घामा ५० रोपनी जग्गामाअदुवाखेती थालिएको हो । उत्पादित अदुवा बिक्रीबाट प्राप्त हुने रकम महासङ्घमा आबद्ध सदस्यका परिवारको जीविकोपार्जनमा उपयोग गरिने जनाइएको छ । अखिल नेपाल टे«ड महासङ्घका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसचिव सूर्यभक्त पौडेलका अनुसार मङ्गलबार २० जना सङ्गठनका पदाधिकारी… पुरा पढौ

सङ्खुवासभाको मकालुमा चट्याङ लागेर १७ वटा भैँसी मरे

सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भैँसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । चट्याङ लागेर मकालु-३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैँसी मरेको प्रहरी निरीक्षक लामिछानेले बताए । चट्याङ लागेर भैँसी मर्दा रू १० लाख बढीको क्षति भएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली आज घटनास्थलतर्फ लागेको छ । घटनास्थल इलाका… पुरा पढौ

करिब ३५ रोपनी जग्गामा लटरम्म खरबुजा

गण्डकी । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गाको करिब ३५ रोपनी जग्गामा यतिखेर लटरम्म खरबुजा फलेका देखिन्छन् । विगतमा तराई र भारतबाट बजारमा ल्याइएका खरबुजा देखेका स्थानीय आफ्नै घरखेत वरपर खरबुजा फलेको देख्दा दङ्ग छन् । महानगरपालिका–२१ कृष्तीका ज्ञानबहादुर कार्की र पोखरा–३३ भरतपोखरीका रमेश आचार्यले यहाँ खरबुजा फलाएका हुन् । उनीहरूले सरस्वती, रेड भेलरेट, फनेक्स, मान्ठाना र राजा जातका खरबुजा फलाएका हुन् । यहाँ उत्पादित खरबुजा अब केही दिनमा बजारमा ल्याउने तयारी छ । विगत लामो समयदेखि खरबुजाखेतीमा अनुभव सँगालेका… पुरा पढौ

च्याङ्ग्राको नश्ल सुधार तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा फार्म सञ्चालन भएको छ । फार्म च्याङ्ग्राको नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रुपमा विकसित हुँदै गएको छ । च्याङ्ग्राको नश्ल सुधार, पाठापाठी उत्पादन तथा पश्मिना उत्पादन गर्न सञ्चालित फार्ममा पाठापाठीसहित ६०० च्याङ्ग्रा छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हिमाली आयोजनाअन्तर्गत एसियाली विकास बैंक ९एडिबी०को आर्थिक सहयोगमा च्याङ्ग्राको पश्मिना उत्पादन, नश्ल सुधारका निम्ति स्रोत केन्द्र स्थापना भएको हो । हिमाली आयोजनाले स्रोत केन्द्र स्थापना गरेको केही समयपछि… पुरा पढौ