कृषि

कास्की जिल्लाका चार उत्कृष्ट कृषक पुरस्कृत

पोखर, असार ३१ कास्कीका उत्कृष्ट चार कृषक पुरस्कृत भएका छन् । कृषि ज्ञान केन्द्र कास्कीले वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाईको अवसर पारेर आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट हुन सफल चार कृषकहरुलाई पुरस्कृत गरेको हो । कार्यक्रममा पोखरा महानगरपालिकाकी पिन शोभा गुरुङ, अन्नपूर्ण गाउँपालिकाका नरेन्द्रप्रसाद पौडेल, रूपा गाउँपालिकाका जोरेली मिया र माछापुच्छ्रे गाउँपालिकाका कृष्णप्रसाद दाहाललाई जनही दश/दश हजारसहित दोषल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको हो । पुरस्कृत कृषकहरुलाई जिल्ला समन्वय समिति (जिसस) कास्कीका प्रमुख लीलाधर पौडेल, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा,… पुरा पढौ

जैविक विषादीको प्रयोग बढाउन पोखरामा कार्यशाला आयोजना

पोखरा, असार २६ जैविक विषादीको प्रयोग बढाउन पोखरामा ‘प्राकृतिक समाधानहरुमा केन्द्रीत जलवायु स्मार्ट बाली संरक्षण’ सम्बन्धी क्षेत्रीय प्रशिक्षण तथा कार्यशाला शुरु भएको छ । रासायनिक विषादी प्रयोग घटाएर जैविक विषादीको प्रयोगमा जोड दिने उद्देश्यले केन्द्रीय कृषि प्रयोगशाला ललितपुरको आयोजना तथा गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा शनिबारसम्म आयोजना हुने कार्यशालाको गण्डकी प्रदेशकी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले उद्घाटन गरिन् । कार्यशालामा नेपालसहित ६ देशका जैविक विषादीको क्षेत्रमा काम गरिरहेका विज्ञहरुको सहभागिता रहेको गण्डकी… पुरा पढौ

कृषि सञ्जाल बैदामद्वारा प्राङ्गारिक कृषि खेतीका लागि झोलमल बनाउने तालिम सम्पन्न

पोखरा , अषाढ १५ । पोखरा महानगर पालिका वडा नं– ६ वडा स्तरीय कृषि संजाल बैदामको आयोजना र वडा कार्यालय ६ को आर्थिक र प्राविधिक सहयोगमा एक दिवसीय “प्राङ्गारिक कृषिका लागि झोल मल बनाउने” तालिम शनिबार सम्पन्न भएको छ ।तालिममा कौशि खेति क्वीनका उपविजेता तथा प्रशिक्षक कान्ति पौडेल अधिकारीले झोल मल बनाउने तरिका सिकाएकी थिइन् । बैदाम क्षेत्रका स्थनिय संघ संस्थाका करिब ३० जनाले मल बनाउने तालिम लिएका थिए । कार्यक्रममा धृपि, कफि र कुरिलो गरि विभिन्न प्रजातिका ३ सय… पुरा पढौ

खाल्टे मसिनामा किसान महासंघको रोपाईं महोत्सव

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड भएको बताएका छन् । नेपाल किसान महासंघ कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं। १४ को समन्वयमा खाल्टेमसिनामा आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उनले यस्तो बताएका हुन् । “धान जीवन, संस्कृति र आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो । माटो बचाऊ, धान फलाऊ भन्ने मूल नाराको मर्म आत्मसात गर्दै कृषि पेसाप्रति सम्मान र प्रवद्र्धन गर्न आवश्यक छ ।”,उनले भने ।… पुरा पढौ

पोखरा महानगरले ल्यायो ८ अर्ब ३५ करोडको बजेट, पर्यटन पूर्वाधारमा जोड

पोखरा, असार ८ पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करीब साढे ८ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा उप प्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८२÷०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षको बजेट भन्दा ८३ करोड ८० लाख रुपैयाँले बढी हो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा पोखरा महानगरपालिकाले ७ अर्ब ५१ करोड ३२ लाखको बजेट ल्याएको थियो । तर जेठ मसान्तरसम्म ४ अर्ब १६… पुरा पढौ

गण्डकीमा ३२ अर्बको बजेट, प्राथमिकतामा पूर्वाधार र पर्यटन

पोखरा, असार १ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करीब ३२ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री डा.टकराज गुरुङले आज प्रदेश सभा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आर्थिक वर्षको भन्दा करीब एक अर्ब कम हो । चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट कार्यान्वयन भइरहेको छ । गण्डकीको बजेटमा चालुतर्फ १२ अर्ब ६३ करोड, ६६… पुरा पढौ

गण्डकीमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई २ अर्ब ८ करोड बजेट

पोखरा, असार १ गण्डकी प्रदेश सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई २ अर्ब ८ करोड ६७ लाख ५० हजार रुपैयाँको विनियोजन गरेको छ । प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङ कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि सो बजेट विनियोजन गरेको बताएका हुन् । उनले कृषि क्षेत्रको व्यवसायीकरणसँगै उत्पादन र उत्पादकत्व बृद्धि केन्द्रीत बजेट विनियोजन गरेको बताए । पुरा पढौ

अन्तर्राष्ट्रिय जैविक बिबिधता दिवस – २०२५ र नेपालमा यसको सान्दर्भिकता

आज सन् २०२५ मे २२ तारिख, ‘अन्तर्राष्ट्रिय जैविक विविधता दिवस’ । सम्पूर्णमा हार्दिक शुभकामना ।  पृष्ठभूमि सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा पृथ्वी सम्मेलनको आयोजना भएको थियो । त्यस सम्मेलनमा विश्वका सहभागी राष्ट्रहरूले मे २२ तारिखका दिन जैविक विविधता महासन्धि (Convention on Biological Diversity - CBD) पारित गरी नेपाल लगायत सबैले सो महासन्धिमा हस्ताक्षर गरेका थिए ।त्यसैको कार्यान्वयन पक्षलाई निरन्तरता दिदै सन् २००० डिसेम्बर महिनामा बसेको संयुक्त राष्ट्र संघको साधारणसभाले बार्षिकरूपमा अन्तर्राष्ट्रिय जैविक बिबिधतादिवस मनाउने निर्णय गर्यो । त्यस यता प्रत्येक बर्ष जैविक बिबिधता दिवस मनाइदै आइएको छ । यस दिवसको मुख्य उद्देश्य जैविक विविधताको महत्त्व र यसको संरक्षणको आवश्यकताको बारेमा आम जनचेतना फैलाउनु हो । प्रत्येक बर्ष यसको नारा (Theme) फरक फरक हुने गर्छ । सन् २०२५ को नारा "प्रकृतिसँग सद्भाव र दिगो विकास" (Harmony with Nature and Sustainable Development) भन्ने रहेको छ । सन् २०२२ मा संयुक्त राष्ट्र संघका पक्षधर राष्ट्रहरूको… पुरा पढौ

गुर्जामा सामूहिक तरकारीखेती

म्याग्दीको धवलागिरि गाउँपालिका(१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा लिएर सामूहिक रूपमा व्यावसायिक तरकारीखेती सुरु गरेका हुन् । करिब चार रोपनी जग्गा भाडा लिएर २१ जनाले बन्दा, खुर्सानी, गोलभेँडालगायत तरकारीखेती सुरु गरेका प्रगति लघुउद्यमी समूहका अध्यक्ष रेशकुमारी छन्त्यालले बताए । ‘गुर्जामा आवश्यक पर्ने ताजा तरकारी आपूर्तिका लागि सामूहिक खेती गरिएको हो’, उनले भने, ‘तरकारी आयात घटाउने, स्थानीयवासी र गुर्जा घुम्न आउने पर्यटकलाई ताजा र अर्ग्यानिक… पुरा पढौ

तनहुँको श्याम्घामा पचास रोपनीमा अदुवाखेती

एक सय ३६औँ अन्तरराष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी .(माओवादी केन्द्र)को भ्रातृ सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घले पचास रोपनीमा अदुवाखेती प्रारम्भ गरेको छ । यसको आरम्भ पार्टी केन्द्रीय सदस्य आशा कोइरालाले गरेकि हुन । जिल्लाको व्यास नगरपालिका–६ श्याम्घामा ५० रोपनी जग्गामाअदुवाखेती थालिएको हो । उत्पादित अदुवा बिक्रीबाट प्राप्त हुने रकम महासङ्घमा आबद्ध सदस्यका परिवारको जीविकोपार्जनमा उपयोग गरिने जनाइएको छ । अखिल नेपाल टे«ड महासङ्घका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसचिव सूर्यभक्त पौडेलका अनुसार मङ्गलबार २० जना सङ्गठनका पदाधिकारी… पुरा पढौ