कृषि

तालिम पाएपछि बन्दीपुरका महिला च्याउखेतीतर्फ आकर्षित

बन्दीपुर । तनहँको बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा २५ किसानलाई च्याउ उत्पादनसम्बन्धी तालिम दिएपछि उनीहरू च्याउखेतीतर्फ आकर्षित बनेका छन् । तालिम लिनेमा गाउँपालिकाका ६ वडाका १९ महिला समेत छन् । उत्पादित च्याउ बिक्री गरेर आम्दानी लिनथालेपछि उनीहरू आत्मनिर्भर बन्न थालेका छन् । तालिमपछि किसानलाई च्याउ उत्पादन गर्न बीउ, टनेलका लागि प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री गाउँपालिकाले उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले रु एक लाख ५० हजारमा च्याउखेतीका लागि तालिम,… पुरा पढौ

तनहुँका दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग

तनहुँ । सूर्य नेपाल प्रालिले तनहुँका दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न सहज बनाउन कृषि एम्बुलेन्स सहयोग गरेको हो । दुई पालिकालाई रु २६ लाख मूल्यका एक–एक थान कृषि एम्बुलेन्स हस्तान्तरण गरेको प्रालिका मानव संशाधन विभाग प्रमुख अन्जान दुवाडीले जानकारी दिए। नगरपालिकाका प्रमुख कृष्णराज पण्डितलाई प्रमुख दुवाडीले एम्बुलेन्सको साँचो हस्तान्तरण गरे। प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीले आफूहरुको सहयोगपश्चात स्थानीय सरकारले कृषि क्षेत्रमा काम गर्न थप सहयोग… पुरा पढौ

हिमपातले मनाङका किसानको मुहारमा ल्याएको खुसी

मनाङ । मनाङ जिल्लाका माथिल्लो भेगमा आंशिक हिमपात हुनथालेपछि किसानमा खुसी थालेका छन् । ढिला गरी भएको हिमपातले हिमाल टलक्क टल्केका देखिन्छ । पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो मनाङसम्म हिमपात हुँदै आएको छ । तल्लो क्षेत्रमा भने हालसम्म हिउँ पर्न सकेको छैन । माथिल्लो क्षेत्रमा हिमपात हुँदा यहाँका हिमालमा हिउँ देखिन थालेको छ भने समयमा हिमपात नहुँदा चिन्तित बनेका यहाँका किसानमा खुसी भएका छन् ।हिमपातले खेतीपातीमा सहयोग पुग्ने किसान याङदुङ गुरुङले बताए। “हिउँकै भरमा खेती गर्ने हामीलाई समयमा हिउँ… पुरा पढौ

‘हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी’

दमौली । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । हाल ५० रोपनी जमिनमा खेती गरिरहेका उनले वार्षिक रु १५ लाखसम्म आम्दानी हुने गरेको सुनाए । बाइस वर्षअघि कास्कीबाट त्यहाँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था थियो । केही वर्ष गाउँमै मेलापात गरेपछि उनी कामका लागि भारत गए । त्यहाँ १० वर्षजति बिताएपछि फेरि आफ्नै गाउँ फर्किए । त्यसपछि कहिल्यै गाउँ छोड्न मन लागेन । अनि सुरु भयो, गाउँमै… पुरा पढौ

हिमपातले ल्याएको मुस्ताङ्गी किसानको खुसी

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा स्याउलगायतका रैथाने बालीको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । स्याउलगायतका रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले स्याउ लगायतका रैथाने अन्नबालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले प्रक्षेपण गरेको हो । लगातार जिल्लामा दुई वर्षसम्म अनुकूल मौसममा समेत हिउँ नपरेकाले चिन्तित रहेका कृषकहरु केही दिनअघिको वर्षा र हिमपातले खुसी भएका छन् । जलवायु परिवर्तनको परिरहेका जिल्लाका कृषक दुई दिनअघि परेको आंशिक वर्षासँगै हिउँ परेकाले स्याउलगायत यहाँको रैथाने… पुरा पढौ

ढोरपाटनका किसानलाई अनुदानमा हाते ट्याक्टर

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिकाले किसानलाई आधुनिक प्रविधिसँग जोड्न हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाका नौ वटै वडाबाट सिफारिस भएर आएका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो । किसानको माग र आवश्यकलाई मध्यनजर गरी नगरपालिकाले हाते ट्याक्टर उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चीरञ्जीवी घिमिरेले बताए। विभिन्न वडाका १९ जना किसानलाई हाते ट्याक्टर वितरण गरेको उनको भनाइ छ । किसान र नगरपालिकाको गरी कूल रु नौ लाख ९२ हजार बजेटमा हाते ट्याक्टर उपलब्ध गराएको घिमिरेले बताए। प्रतिहाते… पुरा पढौ

किसानलाई अनुदानमा मौरीसहितका घार वितरण

गलकोट । किसानलालाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो । नगरपालिकाले किसानसँगको सहलगानीमा रु। सात हजार ७०० मा मौरीसहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए । “मौरीपालनमार्फत आय आर्जन बढाउन नगरपालिकाले अनुदान दिएको हो”, उनले भने । नगरपालिका र ५८ किसानको रु। चार लाख ४६ हजार लागतमा मौरीसहितका घार वितरण गरिएको उनले बताए। विगतमा पनि नगरपालिकाले थ्रेसर,… पुरा पढौ

विदेश र बजारबाट गाउँ फिरेका ध्रुर्व रैथाने खेती

म्याग्दी । रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमका ध्रुर्व खत्रीका परिवारको बसोबास विसं २०७६ अघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा पोखराबाट जन्मथलो आएका केसीको बसाइँ पछिल्लो पाँच वर्षयता सिम गाउँमा छ । “हाम्रा हजुरबुवाका पाँच परिवार सन्तान हामीहरु विदेश र सहर पसेपछि यहाँको खेतीयोग्य जमिन कजाउन अरुलाई नै अधिया र बन्दकी दिएका थियौँ,” उनले भने “कोरोनापछि गाउँ फर्किएर मेरो पुख्र्यौलीका साथै दाजुभाइको एक सय रोपनी जग्गा… पुरा पढौ

दूध बेचेर मासिक रु एक लाखसम्म बचत गर्दै व्यवसायी सापकोटा

गलकोट । विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झरेका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक हुन् । बागलुङ–४ उपल्लाचौर आमबोटमा केही आफ्नो र केही भाडाका गरी १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैँसी फार्म’ स्थापना गरेका उनी यो क्षेत्रकै सफल पशुपालक किसानमा चिनिँदै आएका छन्। निरन्तर पशुपालनमा लागेपछि एक दिन सफल भइन्छ भन्ने उदाहरण १४ वर्षदेखि व्यावसायिक पशुपालनमा लागेका सापकोटा बनेका छन् । बागलुङ बजार छेउमै रहेको गाईभैँसी फार्ममा अहिले दैनिक एक… पुरा पढौ

‘सी व्यापार केन्द्र’सञ्चालनमाः कृषिबाट आम्दानी लिँदै नेकपाका कार्यकर्ता

गण्डकी । उत्पादनसँग जोडिने ठूला राजनीतिक दलका योजना निरर्थक बनिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले भने त्यसलाई चरितार्थ तुल्याएका छन् । देशका विभिन्न ठाउँमा व्यावसायिक कृषि उत्पादनसँग जोडिएको नेकपाले हालै काठमाडौँमा ‘सी व्यापार केन्द्र’समेत सञ्चालनमा ल्याएको छ । उक्त व्यापार केन्द्रबाट कृषिजन्य वस्तुको उत्पादन तथा वितरण हुँदै आएको छ । । गत असारदेखि पोखरा महानगरपालिका–१४ छिनेडाँडामा १४ रोपनी जग्गा भाडामा लिएर कृषि उत्पादन सुरु गरिएको नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका कार्यालय सचिव विकिरण क्षेत्रीले जानकारी दिए । छिनेडाँडामा रहेको… पुरा पढौ