कृषि

पोखरा ३१ का कृषकहरुलाई लहरे बालीको बीउ बितरण

फागुन १२ पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यलयले कृषकहरुलाई लहरे बालीको बीउ बितरण गरेको छ । कार्यलयले सोमबार एक कार्यक्रमका विच वडा कृषि संजाल मार्फत वडा भित्रका किसानहरुलाई लहरे तरकारी बालीको बिउ हस्तान्तरण गरेको हो । कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा आमा समुह, टोल विकास संस्था र कृषि समुहलाई लहरे तरकारी बालीको बीउ हस्तान्तरण गरिएको कृषि संजाल पोखरा –३१ का अध्यक्ष केशबराज तिवारीले जानकारी दिए । उनका अनुसार न्यू नारायणी जातको घिरौला, भक्तपुरे लोकल… पुरा पढौ

स्याङजाका किसानले बिक्री गरे ६० लाखको सुन्तला

वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु ६० लाखको सुन्तला बिक्री गरेका छन् । व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा धेरै आम्दानी गर्ने कृषकसमेत छन् । अर्यालले यस वर्ष ७५ मेट्रिकटन सुन्तला बिक्री गरेका हुन्। ‘त्रिपुत्र बागवानी कृषि फार्म’ दर्तागरी सञ्चालन गरेका अर्यालले ग्रेडिङ मेसिनमार्फत ग्रेडिङ गरी सुन्तला बिक्री गर्दै आएका छन्। यस वर्ष न्यूनतम रु ७० देखि अधिकतम रु एक सय २० प्रतिकिलोका दरले सुन्तला बिक्री गरी रु ६०… पुरा पढौ

चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती

वालिङ । स्याङ्जाको चापाकोटका विभिन्न स्थानमा सामूहिक आलुखेती गरिएको छ । चापाकोट नगरपालिकाको वडा नं ८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकहरूले झण्डै चार सय रोपनीमा सामूहिक आलुखेती गरेका हुन् । चापाकोटस्थित रत्नपुर साना किसान कृषि सहकारी संस्था, रत्नपुर बहुउद्देश्यीय सहकारी संस्था र नवदृष्टि कृषि सहकारी संस्थामा आबद्ध कृषकले छिपछाप, क्वामी, दिम्पा, सगुई, निर्दिम, माडी, बेल्टारीलगायत स्थानमा सामूहिक आलुखेती गरेका रत्नपुर साना किसान कृषि सहकारीका पूर्वअध्यक्ष जीवन डोटेलले बताए । उनका अनुसार रत्नपुर बहुउद्देश्यीय सहकारी संस्थामार्फत तीन सय… पुरा पढौ

महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार

ढोरपाटन । बागलुङ काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ । घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध गराएको हो । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा तीनदिने मौरीपालनसम्बन्धी तालिम दिएपछि महिला पनि उत्साहित भएका छन् । गाउँका २० महिलालाई उद्यमी बनाउने गरी मौरीघार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । देश समृद्ध बनाउन भौतिक र पूर्वाधारको मात्र विकास गरेर नहुने भन्दै उनले समावेशी विकासको आवश्यकता भएको बताए। नागरिकलाई सीपयुक्त तालिम… पुरा पढौ

तनहुँका किसान सामूहिक गहुँखेती गर्न जागरुक

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ घलडाँडामा १५ वर्षअगाडि व्यावसायिक रूपमा गहुँखेती हुन्थ्यो । उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा त्यहाँका कृषक गहुँखेतीबाट विस्थापित हुँदै गएका थिए । पछिल्लो समय गाउँपालिकाले पुनः गहुँखेतीको व्यावसायिक विकासका लागि कृषकलाई जागरुक बनाउन थालेको छ । यसैक्रममा गाउँपालिकाकै प्रेरणाबाट यहाँका कृषक १५ वर्षपछि पुनः गहुँखेती गर्न जुटेका छन् । स्थानीय बटुमाया गुरुङले कृषक समूह गठन गरी सामूहिक गहुँखेती गर्न थालिएको जानकारी दिए। घलडाँडा कृषक समूहमा आबद्ध भई कृषकले व्यावसायिक रूपमा गहुँखेती सुरु गरेको… पुरा पढौ

गोरखामा खेर गइरहेको बाँझो जमिनमा व्यवसायिक ओखरखेती

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्षौदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखरखेती सुरुआत गरिएको छ । किसानको आर्थिक आयआर्जन बृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती सुरु गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिए । ‘‘करिब २ हजार २ सयमिटरको उचाईमा रहेको ती दुई क्षेत्रमा जग्गा भएका किसानहरुलाई समेटेर कागतेखर्क बहुउद्देस्सीय कृषक समुह गठन गरिएको छ, उनले भने, ‘‘सोही समुहमा आवद्ध किसानलाई प्राविधिकको सुझावअनुसार जसको जमिनमा जति वटा बेर्ना… पुरा पढौ

उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा एक हजार चार सय ७७ रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत हिमाली र उच्च पहाडी भेगका किसान उक्त प्रविधिको स्याउखेतीमा आकर्षित भएका हुन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्याउ बगैँचा विस्तारमा किसानलाई सघाउँदै आएको छ । मुस्ताङ र मनाङ स्याउखेतीका लागि उपयुक्त क्षेत्र मानिन्छ । बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिए… पुरा पढौ

अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान

गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष रु तीन लाख आम्दानी गरे । यस वर्ष रु चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताए । त्यसैगरी बेनी नगरपालिका– २ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो अम्रिसो बिक्री गरेर रु दुई लाख आम्दानी गरेको बताए । यहाँका किसानले अम्रिसो प्रतिकेजी रु एक सय २५ का दरले बिक्री गर्दै आएका छन् । “गत वर्ष रु एक सय २५ मा… पुरा पढौ

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती

ढोरपाटन । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवासुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन् । गाउँलेको रोजाइमा बजार परिरहेको अवस्थामा यहाँका मानसिङ पुनले भने अवसर खोज्दै डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती सुरु गरेका छन । उनी पेसाले स्वास्थ्यकर्मी हुन् । दिउँसोको समय नागरिकको उपचारमा खटिने उनी फुर्सदको समय बारीमा काम गर्छन् । “सँगैका साथी कोही जापान र कोरिया, कोही… पुरा पढौ

कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्री अधिकारीको आग्रह

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषकलाई आग्रह गेका छन । आज बिहान नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१५ गोडारमा कृषकले गरेको सामूहिक प्याजखेतीको अवलोकन गर्ने क्रममा मन्त्री अधिकारीले सो आग्रह गरेका हुन। “कृषि बालीमा धेरै विषादी प्रयोग नगरौँ, धेरै विषादी प्रयोग गर्दा आफू पनि रोगी भइन्छ”, उनले भने, “आफैँले प्रयोग गरेको विषादीले आफैँलाई रोग पनि लाग्छ, आफू पनि निरोगी बन्नुपर्‍यो ।” केही कृषकहरूमा धेरै आम्दानी होस्, एकै पटक आम्दानी होस् र यही वर्ष… पुरा पढौ