कृषि

झाडी फाँडेर १४० रोपनीमा ओखरखेती सुरु

ढोरपाटन । बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् । दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखरखेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिए । हाल ओखरखेतीमा १७ जना युवक संलग्न छन् । ओखरखेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि सहयोग गरेको छ । ओखर फलाउन किसानको रु १४ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रु १० लाख अनुदान गरी रु २४ लाख लगानी… पुरा पढौ

वडा स्तरिय कृषि संजाल वडा नं ८ ले गर्यो वर्षे तरकारी बालीको बिउ वितरण

वडा स्तरिय कृषि संजाल वडा नं ८ ले वर्षे तरकारी बालीको बिउ वितरण गरेको छ । वडा स्तरिय कृषि संजाल वडा नं ८ को आयोजनामा पोखरा महानगर पालिका वडा नं ८ को सहयोगमा वडाका २१ टोलका करिब एघार सय घरधुरी लाई वर्षे तरकारी बालीको बिउ वितरण गरिएको कार्यक्रम संयोजक साबित्री घिमिरेले जानकारी दिइन। संजालले सिमी , मिटर बोडी ,काक्रो , घिरौला भिन्डी, लौका लगाएत वर्षे तरकारी बालीको बिउ वितरण गरेको हो । एकाउन्टविलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन… पुरा पढौ

कृषिमा आधुनिकीकरण गर्न जरूरी छः सञ्चारमन्त्री गुरूङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गाउँको विकासको लागि कृषिमा आधुनिकीकरण गर्न जरूरी रहेको बताएका छन् । लमजुङ मर्स्याङ्दी गाउँपालिका–८ मा रहेको सिमलचौर भूमिगत सिँचाइअन्तर्गत बोरिङ उद्घाटन गरेपछि मन्त्री गुरूङले स्थानीयमा खेतीपाती र उत्पादनमा जोड दिन आग्रह गरे । पूर्वाधार बनाउने काम सरकारको भएको र विकासको गतिविधि गर्ने काम जनताको भएको बताउँदै मन्त्री गुरूङले चालु आर्थिक वर्षमा लमजुङको घरघरमा टेलिफोन र इन्टरनेट पुर्‍याउने प्रतिबद्धता जनाए। बोरिङ सिँचाइ सञ्चालनमा आएपछि यसको भरपुर सदुपयोग गर्न समेत आग्रह गर्दै सरकारका प्रवक्ता… पुरा पढौ

गण्डकीमा रु चार अर्बभन्दा बढीको सुन्तला उत्पादन

गण्डकी । गण्डकी प्रदेशमा यस वर्ष रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । प्रदेशका नौ जिल्लामा पाँच हजार सात सय तीन हेक्टरमा सुन्तला उत्पादन भएको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले जानकारी दिए । “किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्यका आधारमा यो वर्ष चार अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ”, उनले भने, “सबैभन्दा बढी स्याङ्जामा रु एक… पुरा पढौ

बाह्र किलोको काउली फलाएका खत्री भन्छन्– ‘विदेश जाने सोच कहिले पनि आएन’

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भएका छन् । गतवर्ष उहाँ आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत हुनुभएको थियो । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती थालेका खत्री यतिबेला यस क्षेत्रकै सफल किसानमा गनिन्छन् । उनले भने, “पुरस्कृत भइसकेपछि काउली उत्पादनमा झनै मेहनत गरेँ । यस वर्ष १२ केजी आठ सय ८० ग्रामको काउली फलाउन सफल भए ।” उनले १८ रोपनी… पुरा पढौ

तनहुँमा रु ४२ करोड ५० लाखको सुन्तला बिक्री

दमौली । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी रु ४२ करोड ५० लाखको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तलाको उत्पादन पनि बढेको छ । यस वर्ष एक हजार छ सय ५७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा नौ सय ६८ हेक्टर क्षेत्रफलबाट सुन्तला उत्पादन भएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए । उनका अनुसार यस वर्ष पाँच हजार आठ सय ३१ मेट्रिक टन… पुरा पढौ

उत्पादनमा अनुदान पाउँदा दुग्ध किसान उत्साहित

ढोरपाटन । प्रतिलिटर दूधमा रु पाँच अनुदान पाउन थालेपछि बागलुङका दुग्ध उत्पादनक किसान उत्साहित भएका छन् । गत वर्षसम्म प्रतिलिटर साढे दुई रुपैयाँ पाउँदै आएका किसानले चालु आर्थिक वर्षदेखि रु पाँच पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले किसानलाई उत्पादनका आधारमा दूधमा अनुदान दिन थालेको हो । किसानलाई प्रोत्साहन र जिल्लालाई दूधमा आत्मनिर्भर बनाउनका लागि अनुदान उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिए। केन्द्रले दुग्ध उत्पादन सहकारीमा… पुरा पढौ

बागलुङमा अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार

बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् । कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु छ करोड भित्र्याउन सफल भएका छन् । राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताए । उनका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मूल्य कम पाएका छन् । यहाँ प्रतिकेजी रु एक हजार… पुरा पढौ

बेनीमा ‘आइपिएम’ कृषक पाठशाला सञ्चालन

म्याग्दी । म्याग्दीका कृषकहरूलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान र सीप प्रदान गर्न बेनी नगरपालिकाले एकिकृत शत्रुजिव व्यवस्थापन ९आइपिएम० कृषक पाठशाला सञ्चालन गरेको छ । नगरको कृषि शाखाले कृषक समूहमार्फत वडा नं २ को गौस्वारामा काउलीबाली, वडा नं ५ पुलाचौरमा हिउँदे आलु र वडा नं ९ को काउलेगौँडामा आलुबाली सम्बन्धी पाठशाला सञ्चालन गरेको हो । नगरको कृषि शाखाका अधिकृत आकृति ढुङ्गानाले वडा नं १ र ४ मा गोलभेँडा, वडा नं ३ मा अकबरे खुर्सानी, वडा… पुरा पढौ

बोयर जातको बोकाको माग उच्च

दमौली । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्रा र बाख्रासँग सम्बन्धित अनुसन्धान गर्दै आएको छ । प्रविधि विकास तथा उन्नत र स्थानीय जातका प्रजननयोग्य बोका, पाठी तथा घाँस बेर्ना वितरणका साथै स्थानीय जातको संरक्षण पनि केन्द्रले गर्दै आएको छ । बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभञ्ज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् । केन्द्रले गत आर्थिक वर्ष २०८०र८१… पुरा पढौ