भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि पोखरास्थित ग्लोबल कलिजियट स्कुलले १० लाख ३ हजार ७०५ रुपैयाँ सहयोग गरेको छ।
विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, विपद् व्यवस्थापन तथा पुनर्निर्माण कार्यमा सहयोग पु¥याउने उद्देश्यले विद्यालय परिवारले उक्त रकम संकलन गरेको हो। विद्यालयका प्राचार्य बाबुराम पन्तका अनुसार विद्यार्थीबाट ३ लाख २३ हजार १९५, शिक्षक तथा कर्मचारीबाट ३ लाख ३० हजार ५१० र विद्यालय प्रशासनबाट ३ लाख ५० हजार गरी कुल १० लाख ३ हजार ७०५ रुपैयाँ संकलन गरिएको हो।संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गर्ने गरी हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी र प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमलाई हस्तान्तरण गरिएको प्राचार्य पन्तले जानकारी दिए।
हिसान कास्कीमार्फत ६ लाख ७० हजार तथा प्याब्सन कास्कीमार्फत ३ लाख ३३ हजार ७०५ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप कोषमा पठाउने व्यवस्था गरिएको प्राचार्य पन्तले बताए। यसैबीच विद्यालयले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै बेपत्ता नागरिकको सकुशल खोजी तथा उद्धारको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।प्राचार्य पन्तले विज्ञप्ति जारी गर्दै विपद्को घडीमा शिक्षण संस्था केवल पठनपाठनमा सीमित नभई सामाजिक र मानवीय उत्तरदायित्वमा पनि अग्रसर हुनुपर्ने उल्लेख गरे।
यस सहयोग अभियानमा योगदान गर्ने सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीप्रति विद्यालयले कृतज्ञता व्यक्त गरेको छ। विपद्को समयमा विद्यार्थीबाट समेत स्वस्फूर्त रूपमा सहयोग जुट्नु र विद्यालय प्रशासन तथा शिक्षक–कर्मचारीले समेत उल्लेख्य योगदान गर्नु ग्लोबल कलिजियट स्कुलको मानवीय र सामाजिक उत्तरदायित्वप्रतिको सकारात्मक उदाहरण बनेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सानो–सानो सहयोग जोडेर ठूलो राहत कोष निर्माण गर्न सकिन्छ भन्ने सन्देशसमेत विद्यालय परिवारको यस पहलले दिएको छ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि पोखरास्थित ग्लोबल कलिजियट स्कुलले १०…





