कृषि

आज दोस्रो राष्ट्रिय कोदो दिवस, पोखराको कोदीमा कोदो बिशेष कार्यक्रम

आज दोस्रो राष्ट्रिय कोदो दिवस। नेपालमा आज विभिन्न कार्यक्रम गरी कोदो दिवस मनाइँदैछ। सरकारले कोदोजन्य बालीको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले गते वर्षदेखि कोदो दिवस मनाउन सुरु गरेको हो। कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कोदो विसको अवसरमा यसवर्ष ‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ तय गरिएको छ। यसैबिच कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा कोदोजन्य बालीको संरक्षण, उत्पादन र… पुरा पढौ

दूध उत्पादक किसानलाई गण्डकीमा पाँच करोड ५८ लाख अनुदान

आर्थिक वर्ष २०८२÷८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु पाँच करोड ५८ लाख रकम प्राप्त गरेका छन् । गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । मापदण्डअनुसार छनोट भएका दुग्ध सहकारीमार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले जानकारी दिईन् ।उनले दैनिक २०० लिटर र वार्षिक २०० दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरुपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको बताईन्… पुरा पढौ

पोखरामा गोरु पाल्ने किसानलाई प्रोत्साहन

पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा १९ वटा वडाका ५५० गोरुलाई रु १० हजारका दरले रु ५५ लाख प्रोत्साहन रकम प्रदान गरिएकामा गत आवमा तिनै किसानलाई लक्षित गरी उन्नत जातको बीउबिजन वितरण गरिएको हो । किसानलाई हौसलासहित परम्परागत कृषि प्रणालीको जगेर्नाका लागि गोरु पाल्नेलाई प्रोत्साहन अनुदान उपलब्ध गराइएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । गोरु पाल्ने किसानलाई अनुदान दिन थालेपछि जग्गा बाँझो छोड्ने प्रवृत्तिमा पनि केही… पुरा पढौ

हेम्जाका कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२÷८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ ।पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक एक हजार लिटर क्षमताको ‘चिलिङ भ्याट’ दूध चिस्यान ट्याङ्की अनुदानमा पाएपछि उत्साहित बनेका छन् । किसान बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध कृषकले साझेदारीमा रु पाँच लाख लगानीमा ‘चिलिङ भ्याट पाएपछि दूधको गुणस्तरदेखि आम्दानीसम्म… पुरा पढौ

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय बीउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ । विभागले सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बीउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो । विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिए । धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी सङ्कलनजस्ता प्रविधि विस्तारमा जोड दिइएको उनले बताए । कार्यक्रमअन्तर्गत हर्दिनाथ–१ र ३… पुरा पढौ

पोखरामा उत्कृष्ट कफि कृषक सम्मानित,बाँदरले क्षति पुर्‍याउने क्षेत्रमा कफि खेती गर्न सुझाव

नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवम् कफी कपिङ च्याम्पियनसिप पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा पोखरा महानगरपालिका र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रवर्द्धनमा सो एक दिने कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । त्यस अवसरमा मुख्यमन्त्री पाण्डे, गण्डकी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की र पोखराका मेयर धनराज आचार्यले कफि कपिङमा उत्कृष्टता हासिल गर्ने उद्यमी तथा कृषकहरूलाई नगद… पुरा पढौ

स्याङ्जामा हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान

स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप रु पाँच हजार उपलब्ध गराएको छ । पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगसँगै हल गोरु पाल्ने क्रम घट्दै गएकाले हल गोरु पाल्नतर्फ कृषकलाई आकर्षित गर्नकालागि प्रोत्साहनस्वरुप ११५ जना कृषकलाई रकम उपलब्ध गराईएको हो । एकसय १५ कृषकका एकसय १६ हल गोरुको आवेदन आएकाले सोका आधारमा प्रतिकृषक रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत युवराज अधिकारीले बताए । पछिल्लो समय यान्त्रिक हलोको प्रयोग बढ्दै जाँदा यान्त्रिक हलो चलाउने… पुरा पढौ

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर… पुरा पढौ

पोखराको रोपाईं महोत्सवमा रमाए विदेशी पर्यटक

पोखरा, असार १४ पोखरामा वर्षायाममा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको असारे रोपाइँ महोत्सवमा यस वर्ष पनि विदेशी पर्यटक उत्साहका साथ सहभागी भएका छन्। पोखरा पर्यटन परिषद्ले २१औँ संस्करणको महोत्सव असार १५ मा पूर्णिमा परेकाले एक दिनअघि आइतबार आयोजना गरेको हो।पोखरा महानगरपालिका–३० देउराली खोला किनारस्थित खेतमा आयोजित महोत्सवमा भारतीयसहित विभिन्न मुलुकका पर्यटकले हिलोमा खेलेर रोपाइँ गर्दै नेपाली कृषि संस्कृतिको अनुभव लिए। स्थानीय किसानको करिब आठ रोपनी क्षेत्रफलमा चार हल गोरुले जोतेको खेतमा महोत्सव सञ्चालन गरिएको थियो।परिषद्का अध्यक्ष तारानाथ पहारीले… पुरा पढौ

कार्की र खड्का महानगर उत्कृष्ट कृषकका रुपमा सम्मानित

पोखरा महानगरपालिकाबाट दुई जना उत्कृष्ट कृषक सम्मानित भएका छन् । पोखराको शिशुवामा आयोजित २१ औं असारे रोपाइँ महोत्सवका अवसरमा महानगरले उनीहरुलाई उत्कृष्ट महानगर कृषक सम्मान प्रदान गरेको हो । सम्मानित हुनेमा पोखरा–२१ मा रहेको कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञान बहादुर कार्की र पोखरा–२७मा रहेको हेब्रोन लाइभ स्टक फार्मका सञ्चालक कमला पाल्पाली खड्का रहेका छन् । उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद र सम्मान पत्रले सम्मान गरे । कार्यक्रममा नगर प्रमुख आचार्यले महानगरपालिका कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणसहित… पुरा पढौ