नयाँ नेपाली चलचित्र ‘परान’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ ।
दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको यो चलचित्रले आम नेपाली परिवारभित्रको कथालाई पर्दामा उतारेको छ । चलचित्रको कथा स्वयम् निर्देशक आचार्यकै हो भने पटकथा र संवाद यम थापाले लेखेका हुन् ।नेपाली समाजका भावना, पारिवारिक सम्बन्ध र यथार्थलाई उजागर गरिएको चलचित्र ‘परान’मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश शाह, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा र बुद्धि तामाङ लगायतका चर्चित कलाकारहरूको अभिनय छ ।
प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर रहेको गीतमा रिदम कँडेलको सङ्गीतमा सुन्न सकिन्छ । चलचित्रलाई गोल्छा समूह र प्रिज्मा समूहको संयुक्त कम्पनी ‘बाइस्कोप सिनेमा प्रालि’ले निर्माण गरेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । कक्षा…






